बेनी आइतबार पौष २९ गते । अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता केसी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ ।
हालै सम्पन्न भएको भारतको दक्षिण बंगालमा अन्तराष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका निर्मलबहादुर कटुवाललाई आइतबार बेनीमा सम्मानित हुनुभएको हो ।


म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका कटुवालले डिसेम्बर २२ मा भएको प्रतियोगितामा खुल्ला तौल समूहमा नेपालको तर्फबाट सहभागि भएर स्वर्णपदक जित्नुभएको थियो ।
सम्मान कार्यक्रममा जिसस प्रमुख केसी र प्रजिअ अधिकारी तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बिजेता केसिलाई बधाई दिंदै केसीको जितले जिल्लाको मात्र नभई देशको पहिचानलाई अन्तराष्ट्रिय प्रतियोगिताको प्रतिस्पर्धा मार्फत जिल्ला र देशको परिचय दिन सफल भएको बताउदै खुशी व्यक्त गर्नुभयो ।

उहाँहरुले खेलाडीलाई प्रोत्साहन र खेल क्षेत्रको पूर्वाधार विकासमा स्थानिय सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले कटुवाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र प्रशिक्षक बिरेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Loading...