प्रताप बानियाँ
म्याग्दी, मंगलबार पौष २४ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ६७औं शाखा म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको छ । ‘बचत लगानी र सुविधाका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित शाखा विस्तार गरिएको हो ।


शाखाको सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष डाक्टर रामहरि अर्यालले उद्घाटन गर्दै बीमाप्रति युवा पुस्तालाई आकर्षण गराउनुपर्ने बताएका छन् । उनले बीमाले समग्र देशको आर्थिक व्यवस्थामा समेत सहयोग पु¥याउनेमा जोड दिँदै बीमाको क्षेत्रमा महिलाहरुको सशक्त उपस्थिति रहेको बताए । बेनी नगरपालिकाका उपप्रमुख एवं एजेन्सी म्यानेजर सन्जु बरुवालले आफ्नो, परिवार तथा बालबच्चाको भविष्यका लागि बीमा गर्नुपर्ने बताउँदै बीमा गर्दा मानिसहरुमा बचत गर्ने बानीको विकास हुने बताइन् ।


कार्यक्रममा आइएमई लाइफ ईन्योरेन्स कम्पनीका सहायक महाप्रवन्धक दिनेश अमात्यले सर्वसाधारणहरुमा बीमाको भावना जगाउने कम्पनीको मुख्य उद्देश्य रहेको भन्दै जनमानसमा बीमा गर्ने जनचेतना फैलाउने कार्यमा कम्पनी लागिपरेको बताएका छन् । कम्पनीका गण्डकी प्रदेश प्रमुख प्रशान्तराज धमलाले बेनीसहित देशैभर ६७ ओटा शाखा विस्तार भएको जानकारी गराउँदै सबैमा बीमाको पहुँच पु¥याइने बताए ।


कार्यक्रमको अवसरमा गत आवमा प्रथम बीमा शुल्क सङ्कलनको आधारमा बागलुङ शाखा एवं गण्डकी प्रदेशमा प्रथम तथा राष्ट्रियस्तरमा तृतीय हुन सफल कम्पनीका एजेन्सी म्यानेजर सुगम श्रेष्ठ र बागलुङ शाखा तथा गण्डकी प्रदेशमा द्वितीय हुने एजेन्सी म्यानेजर सुनिता बरुवाललाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा ग्लोबल आइएमई बैंक म्याग्दी शाखाका प्रमुख भोलानाथ पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतम र कम्पनीका एजेन्सी म्यानेजर लक्ष्मी भण्डारी कार्कीले मन्तव्य राखेका थिए ।


कम्पनीका अध्यक्ष डा. अर्यालको अध्यक्षता, म्याग्दी शाखा प्रवन्धक जमुना आचार्यको सञ्चालन र एजेन्सी म्यानेजर सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बीमितलाई बीमा लेख तथा अभिकर्तालाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस्