बेनी आईतबार पौष २२ गते । म्याग्दी जेसिजको २० औं म्याग्दी शाखा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न म्याग्दी जेसिजको बर्ष सन् २०१९ को शाखा अध्यक्षमा खमथापा मगर निर्विरोध निर्वा्चित हुनुभएको छ । शनिबार राति सम्पन्न भएको म्याग्दी शाखाको २० औं अधिवेशनबाट थापा मगर निर्वा्चित हुनुभएको हो ।

निर्वा्चि अध्यक्ष थापा मगर सहित नयाँ कार्यसमितिको उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ र सुजन बरुवाल निर्वा्चित हुनुभएको छ । थापा मगरलाई निर्विरोध निर्वा्चित गराउन अध्यक्षका प्रत्याशी दिनेश बराईली, शैलेश श्रेष्ठ र भरत रकालले नाम फिर्ता गर्नुभएको थियो । त्यसैगरी महाँसचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा अर्जुन पौडेल, शाखा सम्पादकमा भीमनाथ शर्मा, पाध्यक्षहरुमा विष्मा श्रेष्ठ, निर्मल खत्री, सुमन बानियाँ, रमेश आचार्य र कानुनी सल्लाहकारमा नारायण बराल निर्वा्चित हुनुभएको छ ।
नवनिर्वा्चित थापा मगर विद्यार्थी संघका पूर्व नेता तथा परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा लामो समयदेखी संलग्न सामाजिक अभियन्ता हुनुहुन्छ ।

Loading...