साधन राम्जाली मगर
बेनी बिहिबार पौष १९ गते । जिल्लाको जेठो एवम् एक मात्र क्याम्पसको रुपमा रुथापित म्याग्दी बहुमुखी क्याम्पसले आफ्नो २८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । म्याग्दीको सदरमुकाम स्थित बेनी बजारको फुलबारीमा रहेको क्याम्पसले बुधबार २८ औं वार्षिकोतसव मनाएको हो ।


क्याम्पसले विविध आन्तरिक कार्यक्रम सहित पहिलो पटक गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र तथा छात्रा भलिबल प्रतियोगिता सत्तचालन गरि वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दुर्गम जिल्लाको परिचय नभई राष्ट्रीय रुपमा सर्वाेत्कृष्ट शैक्षिक केन्द्रको नाम स्थापित गर्न शुभकामना दिनुभयो । राज्यले मौलिक अधिकार ऐन अन्तर्गत राज्यका सबै नागरिक शिक्षाको पहुँच भित्र हुनुपर्ने उल्ललेख गरेको बताउँदै कोही पनि नेपालि नागरिक शिक्षाबाट बञ्चित हुनु नपर्ने बताउनुभयो ।
उहाँले यथास्थिती शिक्षा पद्धतीबाट देशको विकास हुन नसक्ने बताउँदै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । राज्य हुँदाहुदै दिद्यार्र्थीहरु शुल्क उठाएर प्रध्यापक पाल्नुपर्ने स्थिती दुखदायी भएको बताउँदै देशमा सर्वसुलभ तथा निशुल्क शिक्षाका लागि राजनितिकदल ,सरकार र आम नागरीकहरु गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।


देशमा भएको पुरानो शिक्षा पद्धतीमा कँही भित्र त्रुती भएकाले त्यसलाई सच्याउनुपर्छ उहाँले भन्नुभयो । देशको पुरानो शिक्षा पद्धतीका कारण अन्तराष्ट्रीय रुतरमा नेपालको शैक्षिक योग्यता अयोग्य भएको बताउँदै शिक्षा नितिमा व्यापक सुधार गर्नुपर्ने आवश्यक भएको छ । देशको शिक्षा प्रतिस्पर्धात्मक पद्धतीमा जान नसक्दा युवाहरुले नेपालमा हासिल गरेको उच्च शिक्षाको प्रमाणपत्र च्याटेर खांडि मुलुकको लागि पासपोर्ट बनाउन बाध्य भएको उहाँको भनाई छ । अव नेपालले पनि आफ्नो सर्टिफिकेट अन्तराष्ट्रीय रुपमा विकाउ हुने शिक्षा पद्धती अवलम्वन गर्नुपर्छ उहाँले भन्नुभयो । त्यसका लागि सबै एक हुनुको बिकल्प छैन् ।

साथै उहाँले प्रशासनिक क्षेत्रमा जागिर खानका लागि मात्र पढ्नुपर्छ भन्ने मानिसकता त्याग्नुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले बिद्यार्थिहरुले जागिरमा मात्र नभई अन्य क्षेत्रका लागि पनि शिक्षाको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘शिक्षालाई व्यवसायिक बनाऔं जागिरको बिकल्प खोखी शिक्षालाई पर्यटन, उद्योग, व्यापार ,पुर्वाधार निर्माण ,व्यवसायिक खेलकुद तथा अन्य कलात्मक क्षेत्रमा लगानी गरेमा मात्र देशको विकास हुन्छ र युवाको विदेश पलायन रोक्न सकिन्छ । त्यसका लागि सबैको चेतना दायरामा बृद्धी हुन जरुरी छ ।’


फरक प्रशंगमा उहाँले देशको नागरिकहरुले मौलिक हक अनिबार्य पाउन् भनेर मौलिक हक ऐन निर्माण गेको बताउनुभयो । देशको नागरिक अलपत्र घरवारविहिन हुन नपरोस भनेर संविधानमा १६ वटा ऐन बनाइएको बताउनुभयो । देशको नागरिकले आधारभुत मौलिक अधिकार पाउन नसकेमा सरकार बिरुद्ध अदालतमा उजुरि हाल्न पाउने पनि व्यवस्था भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।


कार्यक्रममा प्रतिनिधि सभाका सांसद भुपेन्द्र बहादुर थापाले देशबाट निरिक्षरता उन्मुलनका लागि सरकार लागि परेको बताउँदै यस अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले जिल्लाको शैक्षिक पुर्वाधार निर्माणका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरि प्रदेश सभा सांसद सदस्य बिनोद केसी, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसि, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य ,अभिभावक अध्यक्ष भोलानाथ घिमिरे , नेपाली काँग्रेसका उपसभापति माधप्रसाद रेग्मी, नेकपा म्याग्दीका नेता तथा पुर्व सांसद गोविन्द पौडेल ,क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष डाक्टर भुपेनद्र बहादुर खड्का र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुङ्गना लगायतले क्याम्पसलाई जिल्लाको मात्र नभई देशकै नमुना शैक्षिक केन्द्रको रुपमा स्थापना हुन सकोस भन्दै वार्षिकोत्सवको शुभकामना दिनुभयो ।


कार्यक्रममा स्ववियुका उपसभाति ईश्वर सुवेदीले जिल्लामा एक आंगिक क्याम्पस र हरेक स्थानिय तह गाउँपालिका तथा नगरपालिकामा एक उच्च शैक्षिक केन्द्र स्थापना गर्र्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी र क्याम्पस प्रमुख तिकाराम सापकोटाले कयाम्पसले अन्र्तराष्टीय मान्यता प्राप्त प्रमाणपत्रका लागि पहल भईरहेको बताउँदै हरेक नेपाली विद्यार्धीले विदेशमा गएर योग्य हुँदाह्दै अयोग्य हुनुपर्ने बाध्यता हत्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संगिता वानियाँ स्मृती छत्रबृति कोषबाट विविएस फस्र्ट यिएरकी रिमा गोतामे खत्रिलाई नगद रु पाँच हजार र दल बहादुर स्मृती कोषबाट क्याम्पसमा अध्ययनरत दिल बहादुर विक, बन्दना पौडेल, शान्ती थजाली र पुर्ण बहादुर खत्रीलाई जनही नगद रु दुई हजार ५ सय छात्रबृती बितरण गरिएको थियो । साथै कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष तिमिल्सिनाले गण्डकी प्रदेश तरिय अन्तर क्याम्पस छात्र र छात्रा तर्फ प्रथम द्धितिय हुने टीमलाई पुरस्कार बितरण गर्नुभएको थियो ।

Loading...