साधन राम्जाली मगर

बेनी मंगलबार पौष १६ गते । म्याग्दीमा जारी गण्डकी प्रदेश स्तरिय छात्रा र छात्र भलिबल अन्तर्गत मंगलबारदेखी छात्र भलिबल प्रतियोगिता प्रतियोगिता सम्पन्न भएको छ ।
म्याग्दी बहुमुखि क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थि युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक सञ्चालन भएको गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र भलिबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ ।


म्याग्दीको बेनि स्थित म्याग्दी बहुमुखि क्याम्पसको प्राङ्गण फुलबारिमा मगलबार सम्पन्न फाइनल खेलमा धौलागिरि बहुमुखि क्याम्पस बागलुङलाई पराजित गरि पहिलो गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र भलिबल प्रतियोगितको उपाधी चुम्न सफल भएको हो । रोचक एवम् प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाइनल खेलमा माउण्ट एभरेष्ट आवासिय माविले धौलागिरी बहुमुखी क्याम्पस माथि दुईका बिरुद्ध तीन सेत आफ्नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो ।


जित संगै बिजेता क्याम्पस माउण्ट एभरेष्ट आवासिय माविले नगद रु ४० हजार शिल्ड मेडल प्रमाण्पत्र हात पारेको छ भने हार संगै उपबिजेतामा चित्त बुझाएको धौलागिरि बहुमुखि क्याम्पस बागलुङले नगद रु २५ हजार मेडल प्रमाण्पत्र हात पारेको छ । त्यसैगरि सेमिफाइनलबाट बाहिरिने टिमलाई समेत छात्रतर्फ नगद रु ८ हजार र छात्रातर्फ नगद रु ५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।


गत १४ गते देखि सुरु प्रतियोगितमा आयोजक सहित २४ क्याम्पसको सहभागिता रहेको आयोजक सदस्य स्वतन्त्र विद्यार्थि युनियनक िसदस्य रश्मी रोका मगरले जानकारी दिनुभयो । प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाइनल खेलमा माविले माविलाई दुई सेटका दिरुद्ध तीन सेट आफ्नो हातमा पार्दै उपाधी हात पारेका हुन् ।

Loading...