बेनी मंगलबार पौष १७ गते । म्याग्दीमा जारी गण्डकी प्रदेशल स्तरिय छात्रा र छात्र भलिबल अन्तर्गत मंगलबारदेखी छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थि युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार देखि छात्रा भलिबल खेल सुरु भएको हो । गत १४ गतेदेखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेश स्तरिय छात्र भलिबल खेलको सेमीफाइनल चरणका खेल सम्पन्न भएको छ ।


सात समुह सहभागि रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा आयोजक म्याग्दी बहुमुखि क्याम्पस बी र न्यु वेस्ट प्वाईन्ट आवासिय मावि बिचको खेल सम्पन्न भएको छ । उद्घाटन खेलमा आयोजक बिलाई पराजित गरि न्यु वेष्ट प्वाईन्ट आवासिय मावि सेमी फाइनलमा प्रवेश गरका छन् भने मंगलबार नै भएको अर्को खेलमा आयोजक म्याग्दी बहुमुखि क्याम्पस ए ले प्रकाश माविलाई र माउण्ट एभरेष्ट आवासिय माविले किसानी माविलाई पराजित गरि सेमिफाइनलको यात्रा तय गरेको रेफ्री संयोजक तेजिन्द्र बानियाँले जानकारी दिनुभयो ।


उहाँका अनुसार ब्वाई परेको टप्स मावि पोखरा भने सोतः सेमी फाइनलमा प्रवेश गरेको छ । आजै हुने सेमीफाइनल खेलमा न्यु वेष्ट आवासिय मावि र टप्स आवासिय मावि तथा आयोजक ए र माउण्ट एभरेष्ट आवासिय मावि विचको खेल हुने आयोजक सदस्य रश्मी रोका मगरले बतानुभयो । छात्रा तर्फको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।

Loading...