बेनी सोमबार पौष १६ गते ।सोमबार नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ । यसैगरि म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।


कर्यक्रममा जिल्ला सभापति खम बहादुर गबुर्जा मगर (खम्बिर)ले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्र जोगाउनकै लागि काँग्रेसको जन्म भएको भन्दै अरु दल र वर्तमान सरकारबाट त्यो सम्भव नहुने ठोकुवा गर्नुभयो । पार्टीलाई बलियो एवम् शसक्त बनाउनका लागि मेलमिलापको बिकल्प नरहेको सभापति गर्बुजाले बताउनुभयो । साथै उहाँले पार्टी भित्रको गुटबन्दीलाई त्यागेर सबै एक ढिक्का भए मात्र स्वर्गिय महामानव नेता विपिको सपना पुरा हुने बताउनुभयो । पार्टीलाई सबैको र समाबेशी बनाउन सबैले व्यक्तीगत स्वार्थ त्याग्न पनि आग्रह गर्नुभयो । सरकारको गलत कार्य बिरुद्धमा खबरदारी गर्न कार्यकतालाई निर्देशन दिनुभयो ।


कार्यक्रममा जिल्ला सचिव क्या मिन बहादुर कार्की, पुर्व सांसद एवम् पुर्व सभापति रेशम बहादुर बानियाँ ,पुर्व सह–सभापति नेत्र बहादुर महत क्षेत्री, महासमिती सदस्य तमबहादुर थापा ,महासमिति सदस्य एवम् नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, रघुगंगा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, बेनी नगर समिति सभापति अनोद श्रेष्ठ, नेपाली कांग्रेसका शुभचिन्तक एवम् जेष्ठ कार्यकर्ता अबिरकुमार श्रेष्ठ, जिल्ला सदस्य ज्ञानेन्द्र श्रेष्ठ, रमेश श्रेष्ठ लगायतले स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला ३०३३ सालमा प्रजातन्त्र जोगाउनकै लागि मेलमिलापको नीति बोकेर स्वदेश फर्किएको स्मरण गर्दै मुलुक संकटमा परेका बेला जोगाउने काँग्रेसमात्र भएको दावी गरेका छन् । सभापति गर्बुजाको सभापतित्व र सचिव क्या कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Loading...