बेनी आइतबार पौष १५ गते । म्याग्दीको मालिका गाउँपालिका –३ पात्ले, लुक्सीपारमा विविध खेलकुद सहितको माघेसंक्रान्ती मेला हुने भएको छ । मगरहरुको महान पर्व माघे संक्रान्तीको अवसरमा लुक्सीपारमा रहेको दुरदर्शन मुन ज्योति युथ क्लबको आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

आगामी पौष २३ गतेदेखी संचालन हुने मेलामा क्लब स्तरिय पुरुष भलिबल, खुल्ला महिला भलिबल ,तारो खेल, छेलो प्रतियोगिता .र बिभिन्न कार्यक्रहरुको संचालन हुने क्लब सचिव शेर बहादुर बुढा मगरले जानकारी दिनुभयो । स्थानिय मौलिक संस्कृतीको उत्थान तथा खेलको संरक्षण गर्ने लक्ष्य सहित मेलाको आयोजना गर्न लागिएको सचिव बुढा मगरले बताउनुभयो ।

उहाँका अनुसार पाँच दिन सम्म संचालन हुने मेलामा पुरुष भलिबल क्लब स्तरिय हुनेछन् भने महिला भलिबल खुल्ला हुनेछ । मेलामा म्यान अफ द म्याच घोाषित खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।


ताराखेल १८ दोहोरको हुने बताइएको छ । पौष २३ देखी औपचारीक रुपमा सुरु हुने मेलामा पुरुष भलिबल प्रतियोगितामा एक अफिसियल सहित आठ जनाको नाम दर्ता हुनु पर्नेछ । चार हजार ५ सय दर्ता शुल्क रहेको पुरुष भलिबलमा बिजेता टिमले नगद रु ४५ हजार, ट्रफी ,मेडल र प्रमाणपत्र र द्धितिय हुने टिमले नगद रु तीस हजार ,मेडल र प्रमाणपत्र पाउने कोषाध्यक्ष जमुना रोका मगरले जाकारी दिनुभयो ।


निशुल्क रहेको महिला भलिबल प्रतियोगितको बिजेता टिमले नगद रु दश हजार ,ट्रफी मेडल ,प्रमाणपत्र र द्धितिय टीमले नगद रु पाँच हजार ,मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै २ हजार ५ सय दर्ता शुल्क रहेको ताराखेल प्रतियोगितको बिजेता टिमले नगद रु २५ हजार, ट्रफी ,मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेले १५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । मेलामा लोक नृत्य सहित स्थानिय सांस्कृतिक नृत्यहरु प्रस्तुती रहने आयोजकले जनाएको छ ।


मेला संचालनका लागि देश तथा बिदेशबाट आर्थिक सहयोग संकलन कार्य सुरु भएको क्लब सदस्य केश बहादुर रोका मगरले बताउनुभयो । प्रवासमा रहेका पात्ले लुक्सीपार बासीहरुको आर्थिक सहयोगमा मेला आयोजना हुन लागेको उहाँले बताउनुभयो । क्लबलाई सभ्य एवम् भव्य रुपमा सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । क्लब अध्यक्ष बिमल रोका मगरले मेलालाई सभ्य एवम् भव्य बनाउन बिभिन्न उपसमित गठन गरिएको बताउनुभयो । उहाँले क्लबलाई बृहत रुपमा सफल बनाउन खेलाडि, चन्दादाता तथा बैलाई आग्रह गर्नुभएको छ ।

Loading...