म्याग्दी,बिहिबार पौष १२ गते ।
म्याग्दीका सरोकारवालाहरुले भुकम्पबाट क्षतीग्रस्त घरहरुको पुननिर्माणलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ म्याग्दीले पुननिर्माण दिवसको अवसरमा विहिवार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।


कार्यक्रममा सहभागी भुकम्प पिडितहरुले आयोजना आउनु अगाबै बनाईका घरहरुलाई मुल्यांकन गरि क्षतीपुर्ति दिनुपर्ने, अझैपनि कतिपय बास्तविक भुकम्प पिडितहरुको नाम अनुदान पाउने तथ्याङ्ककमा समावेश नभएको, पुननिर्माणको प्रावधाव व्यवहारिक नभएको गुनासो गरेका थिए । कार्यक्रममा आयोजना कार्यान्वयन इकाइका प्रमुख शिवराम गेलालले म्याग्दीमा ८६८ जना लाभग्राही मध्ये ७८३ जनाले पहिलो किस्ता लगेको जानकारी दिनुभयो ।

आवास पुननिर्माणको लागि सम्झौता गरि पहिलो किस्ता लगेको मध्ये २८१ जनाले दोस्रो र आवास पुननिर्माणलाई सम्पन्न गरि १५१ जनाले मात्रै अन्तिम किस्ता भुक्तानि लिएको प्रमुख गेलालले बताउनुभयो । उहाँले आवास पुननिर्माणको लागि पहिलो किस्ता लगेर घर नबनाएका लाभग्राहीहरुलाई यथासक्य छाँटो पुननिर्माण थाल्न र घर नबाउने भए सो रकम फिर्ता गर्न आग्रह गर्नुभयो ।

आयोजनाले पुस १५ गतेसम्म अनुदान लगेर आवास पुननिर्माण नगरेकाहरुलाई स्वच्छीक रुपमा फिर्ता गर्न र सो मितिमा नगरे कानुन बमोजिम अशुल उपर गर्ने जनाएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले भुकम्पबाट पिडित भएकाहरुको आवास पुननिर्माण कार्यलाई छिटो सम्पन्न गर्नको लागि आयोजना संगै स्थानीय सरकार समेत लागीपर्नुपर्ने बताउनुभयो । बास्तविक पिडितहरु अनुदान पाउनबाट छुट्न नहुने भन्दै त्यसको लागि ध्यान दिन आयोजनालाई आग्रह गर्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आवास पुननिर्माणको लागि लिएको अनुदालाई सदुपयोग गर्दै पुनिर्माणलाई अघि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले गाउँपालिकाभित्र पुननिर्माणको काम चुनौतिपूर्ण देखिएको भन्दै यो अभियानमा निरन्तर सहजीकरणमा लागीपरेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, वडा ३ का कार्यबहाक अध्यक्ष सम्झना परियार, ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, ७ का अध्यक्ष दुर्गा पुन, वडा १ का सदस्य बलमान गौचनले आ–आफ्नो वडामा भएको पुननिर्माणको अबस्था र समस्याबारे जानकारी गराउनुभएको थियो ।


आयोजना कार्यान्वयन ईकाइको आयोजना, रघुगंगा गाउँपालिका र पत्रकार महासंघ म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता र पत्रकार महासंघका सचिब गोरखनाथ सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Loading...