साधन राम्जालि मगर
बेनी बुधबार पौष ११ गते । नेपालकै प्राकृतिक स्वास्थ्य उपचार केन्द्रको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका –४ सिंगामा रहेको तातोपानी कुण्ड निजि क्षेत्रको तीरमा परेको छ । सामुदायद्वारा सञ्चालित कुण्डको स्वामित्व संचालनका लागि भाडामा दिन निजि क्षेत्रले स्थानिय नगरपालिका र स्थानिय व्यवस्थापन समितीलाई माग सहितको प्रस्ताव पेश गरेको छ ।


मंगलबार बेनी नगरपालिकाको जनप्रतीनिधि , स्थानिय व्यवस्थापन समिती अध्यक्ष बिरेन्द्रमान शाक्य सचिव कृष्ण खड्का ,स्थानयवासि र निजि क्षेत्र मोना म्याग्दीमा आबद्ध पतिनिधिहरु बिचमा भएको छलफलमा निजि क्षेत्रबाट मोना आइईसिका अध्यक्ष चक्रबहादुर थापा र पुर्व अध्यक्ष एवम् संरक्षक योगेन्द्र क्षेत्री लागायतको टोलिले कुण्डलाई भाडामा दिन प्र्रस्ताव पेश गर्नुभएको हो ।


पुर्व अध्यक्ष एवम् संरक्षक क्षेत्री कुण्डको स्वामित्व निजि क्षेत्रलाई दिन आग्रह गर्नुभयो । प्रस्ताव पेश गर्दै अध्यक्ष क्षेत्रीले स्थानियको लगानिमा कुण्डको प्राकृतिक संरचनालाई क्षति नपु¥याइ अत्याधुनिक प्रविधिको प्रयोग गरि कुण्डको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले कुण्ड प्राकृतिक उपचारको केन्द्र मात्र नभई पर्यटकीय हिसावले पनि प्रचुर सम्भावना बोकेको बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रविधि .प्रयोग गरि कुण्डको स्तरोन्नती संगै सेवा क्षेत्र बढाउने र स्थानियलाई रोजगारिको अवसर प्रदान गरिने बताउनुभयो ।


यता व्यवस्थापन समितिले भने स्थानिय संगको बृहत छलफल पछि मात्र प्रस्तावबारे जानकारी दिइने बताएको छ । स्थानियले कुण्डमा बाउबाजेको पसिना बगेकाले सुविधा र स्थानियलाई लाभ हुने कार्यक्रम भएमा पुर्णविचार गरिने जनाएको छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले तातोपानी कुण्ड स्थानियको आर्थिक आम्दानि तथा शैक्षिक संचालनको स्रोत भएकाले स्थानिय संगको बृहत छलफल पछि मात्र जानकारी दिइने बताउनुभयो । कुण्डको आम्दानिले सिंगामा रहेको सरस्वती माविमा ११ निजि शिक्षकलाई तलव खुवाउने गरेको बताउनुभयो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले स्थानियको सल्लाह र गाउँकार्यसमितीको बठक बसि छलफल गरिने बताउनुभयो ।

Loading...