बेनी मंगलबार पौष १० गते । म्याग्दीकाली संचार सहकारी संस्थाद्धार संचालित म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको आयोजनामा मंगलवारदेखि ७ दिने रेडियो प्रस्तोता,उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ ।


तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले समाजमा सही दिशातर्फ डो¥याउन,राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रोको खवरदारी गर्न पत्रकारिता सशक्त माध्यम भएको बताउनुभयो । जिल्लामा संचालित संचारमाध्यम र पत्रकारहरुले जिल्लााका सम्पूर्ण गतिविधिहरुलाई जनमानससम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रमुख अतिथी बरुवालले स्थानीय तहहरुबाट पनि संचारमाध्यमको सवलीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


त्यसैगरी नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारिता रहरले गरिने पेशा नभै जिम्मेवारी र उत्तरदायी पेशा भएकाले यसतर्फ संवेदनशील बन्नुपर्ने बताउनुभयो । पछिल्लो समय पत्रकारिताप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनमा भने धेरै चुनौतिहरु देखिएका उहाँको भनाइ थियो ।

त्यसैगरी म्याग्दीकाली एफएमका समाचार सम्पादक सुरज केसीले समाजमा चिनिन र आफ्नो व्यक्तित्व निखार्न पत्रकारिता बलियो माध्यम भएको बताउँदै लगन र मिहिनेत पूर्वक पत्रकारिता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, जिल्ला हुलाक कार्यालयका प्रमुख साधना कुमारी श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको छ । तालिमको संचारकर्मी दिल श्रीष, कृष्ण जिसी, सुरत केसी, धु्रबसागर शर्मा, सन्तोष गौतम, अमित विश्वकर्मा र समिर रोकाले सहजीकरण गर्नुहुने जनाइएको छ ।


Loading...