काठमाडौँ मंगलार पौष ३ गते । पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍। तुलसी गिरीको निधन भएको छ ।

कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए ।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।रातोपाटी

Loading...