बेनी बुधबार मंसिर २६ गते । म्याग्दीमा अन्तर क्याम्पस प्रदेशस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम स्थित म्याग्दी बहुमुखी क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा सो प्रतियोगिताको आयोजना हुने भएको हो । क्याम्पसको मुल आयोजना र स्वतन्त्र बिधार्थि युनियनको आयोजनामा पहिलोपटक हुन लागेको अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरिय छात्र तथा छात्रा भलिबल प्रतियोगिता पौष १४ गतेदेखि सुरु हुने आायोजक ले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।


पौष १४ देखि १८ गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने छात्रतर्फ नगद रु ४० हजार ,शिल्ड। मेडल र प्रमाणपत्र र उपबिजेताले नगद रु २५ हजार मेडल र प्रमाणपत्र पाउने छन् भने छात्रातर्फ बिजेता र उपबिजेता हुने क्याम्पसले नगद रु २५ हजार, शिल्ड ,मेडल र प्रमाणपत्र र १५ हजार ,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
पहिलोपटक आयोजना भएको प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिने छात्रतर्फ नगद रु ८ हजार र छात्रातर्फ नगद रु ५ हजार पुरस्कार प्रदान गरिने स्ववियु सदस्य रश्मी रोका मगरले बताउनुभयो । प्रतियोगिता संचालन गर्न रु ५ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संचालनका लागि क्याम्पस संचालक समितिबाट नगद रु ७० हजार बिनियोजन भएको र अन्य बाँकी खर्चका लागि पुर्व बिद्यार्थि एवम सबैसंग सहयोग संकलन अभियान सुरु गरिएको सदस्य रोका मगरले जानकारी दिनुभयो ।


खेलाडीहरुको खेल प्रष्फुटन एवम व्यवसायिक खेलको प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यवाहक सभापति ईश्वर सुवेदीले बताउनुभयो । समुदायबाट संचालित क्याम्पसलाई समुदाय संग जोड्न प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यबाहक सभापति सुवेदीले बताउनुभयो । प्रतियोगितालाई सभ्य एवम भव्य रुपमा सफल बनाउन बिभिन्न आठ उपसमिती गठन गरिएको आयोजकले जनाएको छ ।
१८ गते हुने २८ औं बार्षिकोत्सवमा समापन अगाडि ११ देखी बिबिध खेलकुद सहितको आन्तरिक कार्यक्रम गरि सप्ताहव्यापी मनाउन लागिएको क्याम्पसका सहायक प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

Loading...