बेनि सोमबार मंसिर २४ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र वडा नं ६ दरबाङ्गमा तेस्रो अन्तरमावि जिल्ला स्तरिय करबिर मेमोरियल भलिबल प्रतियोगिता हुने भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ स्कुलको आयोजनमा आगामि पौष पाँच गते देखि आठ गते सम्म प्रतियोगिता हुने भएको हो ।

अवसर र सम्भावना भन्ने नारा सहित सो प्रतियोगिताको आयोजना गर्न लागिएको बिधालयका प्रिन्सीपल गम्भीर ढकालले जानकारी दिनुभयो । तीन दिन सम्म संचालन हुने सो प्रतियोगितामा खुल्ला पुरुष भलिबल तर्फ तीस बर्ष भन्दा माथिका उमेर समुह बिचको खेलको पनि आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने बिधालयले नगद रु ३० हजार ३ सय ३०, ट्रफी, मेडल र प्रमाणपत्र द्धृतिय हुने बिधालयले नगद रु १६ हजार ६ सय १६ मेडल र प्रमाणपत्र पाउने छन् भने तृतिय हुने बिधालयले नगद रु ७ हजार मेडल र प्रमाणपत्र पाउने सहायक प्रिन्सिपल बिमल शर्माले जानकारी दिनुभयो । खेलमा अनुशासित बिधालयलले नगद रु २ हजार ५ सय मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबलतर्फ प्रथम र द्धृतिय समुहलाई क्रमश नगद १५ हजार, ट्रफी, मेडल ,प्रमाणपत्र र नगद रु ६ हजार, मेडल र प्रमाण पाउनेछन भने उत्कृष्ट सटर र उत्कृष्ट लिफ्टरले टिसर्ट र प्रमाणपत्र हातपार्ने सहायक प्रिन्सीपल शर्माले बताउनुभयो ।खेल टिटी सिस्टम अनुसारको हुनेछ भने खेलमा एक समुहमा आठ खेलाडी र एक शिक्षक सहित नौं जनाले सहभागिता जनाउनुपर्ने बताइएको छ ।

पौष १ गतेदेखि पाँच गतेसम्म दर्ता शुल्क खुल्ला गरिएको आयोजकले जनाएको छ । करबिर स्मृतीमा हरेक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको बिद्यालयले यस बर्ष लोकप्रिय भलिबल खेलको आयोजना गर्ने भएको हो ।खेलको संरक्षण तथा खेलाडिको पहिचान उजागर गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको प्रवन्ध निर्देशक हिरा पुन मगले बताउनुभयो ।पौष पाँच गतेदेखि सुरु हुने प्रतियोगिमा सहभागिताका लागि जिल्ला स्थित सबै बिद्यालयलाई पत्राचार गरिएको प्रबन्ध निर्देशक पुन मगरले बताउनुभयो । प्रतियोगितालाई सभ्य एवम भव्य रुपमा सफल बनाउन आर्थिक प्रायोजन गरि सहयोग गर्ने सम्पुर्ण प्रायोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Loading...

1 टिप्पणी

  1. यहाँहरूको योजना सफल होस साथै भिडियो पनि अपलोड गर्नु होला हेर्नू लाइ आतुर छौ।

Comments are closed.