अनिल पौडेल,म्याग्दी आइतबार मंसिर २३ गते ।
नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ ।आज म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्रकाश माध्यमिक बिद्यालय कक्षा ११ मा साजिना पाईजाको अध्यक्षतामा ५७ सदस्य नेबिसंघ गठन गरिएको नेपाल बिद्यार्थी संघका प्रकाश मावि कक्षा १२ का सभापति हिम्मत केसीले जानकारी दिएका छन ।

कार्य समितिको बरिष्ठ उपाध्यक्षमा एलिसा खत्री,उपाध्यक्षमा सन्देश बुढाथोकी, मुना सेरपुञ्र्जा,सचिव बिद्या सुनार, कोषाध्यक्ष संगिता परियार सहसचिव मनिसा बि।क सह कोषाध्यक्ष उषा गवुर्जा, महिला बिभाग प्रमुख सिर्जना सेरपुञ्जा सांस्कृतिक संयोजक शितल परियार रहेका छन । नेबिसंघ म्याग्दीको आयोजनामा भएको संगठन बिस्तार कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेबिसंघ म्याग्दीका निवर्तमान सभापति एव् नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत बहादुर रकालले देमा हुने हरेक खालका राजनितिक परिवर्तनमा बिद्यार्थीहरुको ठुलो भुमिका हुने गरेको बताउदै सरकारलाई बिभिन्न विषयमा ध्यानआकर्षण गरान र समाजमा सामाजिक कार्य गर्नेको लागि पनि बिद्यार्थीहरु संगठित हुनु पर्ने बताउनु भएको छ ।

जिल्ला बेनी नगरपालिकाका संयोजक एव् जिल्ला सदस्य झलक जिसीको संचालन म्याग्दी बहुमुखी क्याम्पस मुल इकाईका सचिव हरिकृष्णा आचार्यकोे स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेबिसंघ म्याग्दीका कार्यवहाक अध्यक्ष निर्मल खत्रीले बिद्याथीहरुले अहिले पनि देशमा भैरहेको हत्या बलात्कारी लगायतलाई कारबाही गर्ने र बिद्यार्थीहरुको समस्याको बिषयमा नेबिसंघले सरकारलाई दवाव दिरहेको बताउदै संगठनको बिषयमा प्रष्ट पार्नु भएको थियो १२ औ महाधिबेशन संगै हुन लागेको जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्व सम्हाल्ने तयारीमा रहेका खत्रीले संगठन बिस्तार अभियानमा जिल्लाको सबै माविहरुमा पुग्ने लक्ष्य रहेको बताउनु भयो कार्यक्रममा सदस्य,कुशुम बरुवाल,रुप्सीना पुन, नबिता बानियाँ लगायतले बोलेका थिए ।

Loading...