बेनि शुक्रबार मंसिर २१ गते ।बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय नदिएको महिनौं भएको छ । पन्तले न्याय नपाएको भन्दै सरकारको चौतर्फी बिरोध भएको छ । सरकारले निर्मलालाई छिट्टै न्याय दिने आश्वासन जनाए पनि दोषी हत्यारालाई कारबाही र पिडीत पन्तलाई न्याय दिन ढिलाई भएकोमा सबै आक्रोषित बनेका छन् ।
निर्मलाको न्यायका लागि आफन्तजन,मानव अधिकारकर्मी , महिला अधिकारकर्मी , राजनितीक दल , बिधार्थी , नागरिक समाज ,सरोकारवाला एवम् सर्वसाधारणहरुले धर्ना जुलुस पर्दशन तथा बिभिन्न साङकेतीक रुपमा बिरोध जनाइरहेका छन् । यसैगरि म्याग्दीमा पनि सडकमा सुतेर न्यायको माग गरिएको छ ।शुक्रबार नेपाल महिला संघ म्याग्दीको आयोजनामा सडकमा सुतेर निर्मलालाई न्यायको माग गरिएको हो । जिल्लाको सदरमुकाम बेनि बजार स्थित संगम चोकका सडकमा एक घण्टा बढी सुतेर न्यायको माग गरेका छन् । साथै जिल्लामा बलात्कृत पिडितहरुलाई पनि न्याय दिन माग गरेका छन् ।


महिला अधिकारकर्मी एवम् नेपाल महिला संघ म्याग्दीकी सभापति बिमला गौचन लगायतको टोलिले निर्मलालाई न्यायको माग सहित सडकमा सुतेर प्रर्दशन गरेका हुन् । निर्मलालार्ई न्याय दिन सरकारले गम्भीरतापुर्वक चासो नदेखाएको भन्दै गुनासो गरेका छन् । सरकार नै घटनामा सहभागी भएको आरोप लगाएका छन् । उनिहरुले हत्यारालाई जतीसक्दो छिटो कठघहरामा ल्याई कदा कारबाही गर्नुपर्ने र पिडीत पन्तलाई न्याय दिन माग गरेका छन् । सरकार बिरुद्ध नारा लगाउँदै उनिहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् ।निधारमा कालो पट्टी तथा हातमा निर्मलाको फोटो लिएका थिए ।

Loading...

1 टिप्पणी

प्रतिक्रिया दिनुहोस्