बेनि शुुक्रबार मंसिर २१ गते ।म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानलाई चिनाउने म्युजिक भिडियो गित बजारमा आएको छ । समाज परिवर्तनको लागी युवा एकता सस्कृती संरक्षण र पर्यटन प्रर्बदनमा हाम्रो एक्यवद्धता भन्ने मुल नाराका साथ देविस्थानमा रहेको सामाजिक उत्तरदायित्वमा अग्रसर श्री सुुर्यमुखि युवा क्लबको प्रस्तुती , देविस्थानबासिहरुको आर्थिक सहयोग तथा ताईगर्स फिल्मद्वारा निर्माण गरिएको म्युुजिक भिडियोको बजारमा ल्याइएको हो । म्युजिक भिडियोलाई गोल मिडिया डटकम युुत्युव च्यानलले बजारमा ल्याएको क्लब सदस्य दिप घर्ति मगरले जानकारी दिनुुभयो । बालकुमार फगामीको शब्द र नविन राना मगरको संगित रहेको म्युजिक भिडियोमा चर्चित गायिका तारा श्रीस मगरले स्वर दिनुुभएको छ ।


देविस्थानको बिभिन्न स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोको निर्देशन गोविन्द पुन मगरले गर्नुभएको छ ।गितको अडियो एरेन्ज माला श्री रेकर्डिङ स्तुडियोका बिनोद बाजुरालीले गर्नुुभएको छ ।देविस्थानको रुन्मा मगरदाङ घरथोक पुनथोक जुुग्जा पर्यटकीय गाईखर्क ताल ,देउटाभीर गुफा लगाएतका स्थानहरुमा छायाँकन गरिएको म्युुजिक भिडियोमा कलाकार द्धय अशु फगामी मगर, पबिता पुन मगर ,सुहाना पुन मगर ,उमादेबी घर्ती मगर र ममता घर्ति मगरले अभिनय गर्नुभएको छ ।


त्यस्तै गरि नबिना,मिलन ,पबिना ,छममाया घर्ती,अस्मिता , बिपना गुरुङ ,लक्ष्मी राना ,नरिता बुढा ,निरुता,ममता ,रोजिना,अमृता ,मिता,शुशिला,लिलकुमारी,उमा, निममायाको सहायक कलाकारका रुपमा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।म्युजिक भिडियोमा देविस्थानमा रहेका पर्यटकिय ताल गाईखर्क , देउटाभीर गुफा ऐतिहासिक ख्यालि सोरठी नृत्य, थाली नाच ,देविथान, भुमेथान एवम् सुुन्तलाको पकेट क्षेत्र मानिएको रुन्माको ताम्लाको सुुन्तलाको दृश्य देख्न सकिन्छ । देविस्थानको मौलिक संस्कृतीको उत्थान पर्यटकीय क्षेत्रको पहिचान एवम् पर्वद्धन गर्ने उद्धेश्यले गित निर्माण गरिएको प्रस्तुुतकर्ता क्लब अध्यक्ष भक घर्ती मगरले बताउनुभयो । अध्यक्ष घर्ति मगरले म्युजिक भिडियो निर्माणमा आर्थिक सहयोग गर्ने देबिस्थानबासी तथा बिभिन्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै उक्त क्लवले दृष्टीबिहीन सुक बहादुर विकलाई रु १० हजार , मुतुरोगी पुस्कर पुर्जालाइ रु १६ हजार , मनोज विक लाई रु ७२ हजार ७ सय ५५ र ५ हजार बराबरको जिन्सी सहयोग गरिएको साथै अग्नी पिडीत चेत नारायण शे्रचनलाइ रु १० हजार आर्थिक सहयोग गरिने क्लवको सचिव डील वहाहुर राना मगरले जानकारी दिनुभएको छ ।

भिडियाे हेर्नुहाेस्

Loading...

प्रतिक्रिया दिनुहोस्