म्याग्दी, सोमबार मंसिर १७ गते ।
रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीमा शाखा बिस्तार गरेको छ ।शाखाको उद्घाट्न गर्दै प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले जीवन विमाले जनताको जीवनशैली सहज हुने बताउदै ब्यक्ति र परिवारको भविष्य सुखी बनाउन जिल्लाबासी सबैले जीवन विमा गर्नुपर्ने बताउनुभयो । जिल्लामा रहेका इन्स्योरेन्स जनतामैत्री बन्न आग्रह गर्नुभएको थियो ।


कार्यक्रममा रिलायन्स लाईफ ईन्स्योरेन्सका डेपुटी सियो निराजन कडेलले जीवन विमा भविष्यको आधार भएको बताउदै बालबच्चा र परिवारको सहज भविष्यको लागि ईन्स्योरेन्सबाट गर्न आग्रह गर्नुभएको थियो । विमाले परिवारको शिक्षा, स्वास्थ्य र रोजगारको भविष्य सहज बनाउने बताउदै जनचेतनाको अभावले नेपालमा विमा गर्ने संख्या न्युन रहेको बताउनुभयो । नेपालमा ११ प्रतिशत जनताले विमा गरेको बताउदै सबै जनताहरुको भविष्य सुरक्षित सहज बनाउन रिलायन्स लाईफ ईन्स्योरेन्सले सहज रुपको विमा सुरु गरेको जानकारी दिनुभयो ।


रिलायन्सका सदस्य माधप्रसाद रेग्मीको अध्यक्षता, शाखा प्रमुख मुक्ति पौडेलको संचालनमा भएको कार्यक्तममा संविधान सभाका पुर्व सांसद गोविन्द्र पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको उपस्थित भएको थियो । कार्यक्रममा आम्दानीलाई बचत तथा विमा नगर्दा धेरै नेपालीहरुको वृद्ध उमेर कष्ठकर रुपमा जिउन बाध्य भएकोमा सबैमा ध्यानाकर्षण गराइएका थियो । रिलायन्सको ६८ ओटा शाखा विस्तार भईसकेको छ ।

Loading...