म्याग्दी शनिबार मंसिर १५ गते ।
म्याग्दीमा  बिश्व एच आई भी  एड्स दिवस मनाइएको छ ।‘एच।आई।भी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मुल नारासहित शनिवार जिल्लाको सदरमुकाम बेनिमा ३१ औं विश्व एड्स दिवस मनाईएको हो । प्रमुख अतिथि जिल्ला समवन्य समितिका संयोजक देवेन्द्रबहादुर केसीले आफ्नो एच।आई।भी। परिक्षण गरी उद्घाटन गर्नुभएको थियो ।
‘हामी समस्यालाई लुकाएर बसेका एचआईभी पोजेटिभहरुको पहिचान गर्ने, उनीहरुलाई केयर होम सम्म र्पुयाउन सहयोग गछौं’ गुप्त सवा मार्गदर्शक समितिका उपाध्यक्ष तीलक थापाले बताउनुभयोे । एचआईभी संक्रमितहरुले जिल्ला सदरमुकाम बेनीमा एचआईभी सुचना केन्द्रको रुपमा समिति निर्माण गरेका हुन् ।े । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र एचआईभी संक्रमित होम पुर्जाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता आयोजक बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ठले, संञ्चालन नगरपालिककी स्वास्थ्य संयोजक लिला गौतमले र स्वागत सिनियर अहेव सोमनाथ उपध्यायले गर्नुभएको थियो ।
म्याग्दीमा एड्स रोगीको संख्यामा बृद्धि
म्याग्दीमा बर्षेनी एच आइ भी रोगीको संख्यामा बिगतमा भन्दा बृद्धी हुँदै गएको पछिल्लो आँकदाले जनाएको छ । बेनी स्थित जिल्ला अस्पतालको रेकर्ड अनुसार पछिल्लो चार महिनामा ५ जना एचआईभी पोजेटिभ संक्रमित फेला परेका छन ।जिल्ला अस्पतालमा रहेको एचआईभीरएड्स सम्बन्धी कार्यक्रम हेर्ने एआरटी सेन्टरको अभिलेख अनुसार अहिले जिल्ला अस्पतालबाट ४ जना बालक, ३१ जना महिलासहित ५६ जनाले नियमित औषधी सेवन गरिरहेका छन ।

त्यसैगरी एचआईभीरएड्स संक्रमित भै पहिचान भएका तर जिल्ला बाहिरबाट एआरटी सेवा लिने रोगी मध्य ४३ जनाले पोखराबाट, ११ जनाले बाग्लुङ्गबाट र काठमाण्डौ पुगी एआरटी सेवा लिनेको संख्या १५ जना पुगेको जनाइएको छ । जिल्लामा एचआईभी संक्रमित पहिचान भै नियमित एआरटी सेवा लिनेको संख्या एक सय १५ जना छन ।

‘जिल्लामा बर्षेनी एचआईभी एड्स संक्रमित पत्ता लाग्ने रेसियो बढेको छ । पछिल्लो चार महिनामा ५ जना नयाँ संक्रमित पत्ता लागेको छ’ बेनी अस्पतालकी एआरटी कन्सिटर पशुपति बानियाँले भन्नुभयो ।

Loading...

1 टिप्पणी

Comments are closed.