ठिनी मुस्ताङ० शनिबार मङसिर १५ गते । हिमाल पारीको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।

लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने घमी, साङबोचे, घिलीङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रिय प्रशारण लाइनको विद्युत सुबिधा पुगेको हो ।

नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिनुभयो ।

अध्यक्ष बिष्टका अनुसार विद्युतीकरण लागि गाउँपालिकाले बीस लाख रुपैयाँ बिनियोजन गरेको थियो । नेपाल विद्युत प्राधिकरणले ५५० थान पोल र १५ किलोमिटर प्रशारण लाइनको तार उपलब्ध गराएको छ ।

१, ४ र ५ नम्बर वडामा पर्ने चरांग, ४ याराघारा, धे ,ताङग्यामा पनि विद्युतीकरणका लागि असी प्रतिशत काम सकिएको छ । चालू आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ ।

यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङ सम्म मात्र विद्युत सुविधा पुगेको थियो ।

उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत सुविधा भएपछि उज्यालोका साथै टीभी हेर्न, कम्प्युटर ल्यापटप चलाउन, उद्योग, व्यवसाय सञ्चालन गर्न सहज भएको गाउँ कार्यपालिका सदस्य पेमा छेतेन विकले बताउनुभयो ।

मुस्ताङमा विद्युत वितरण, महशुल संकलन, मर्मत र व्यवस्थापनको काम निलगिरि उपभोक्ता सहकारी संस्थाले गर्दै आएको छ । उपल्लो मुस्ताङको विद्युत व्यवस्थापन पनि संस्था मार्फतनै गरीने कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । हरेक बिकासको काममा गाउपालिका तथा प्रदेश सरकार सँग समन्वय गर्ने र नपुग बजेटमा केन्द्र सरकारबाट बजेट बिनियोजन गरिने प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचनले जानकारी दिनुभयो । पटक पटक प्रधिकरणमा बिजुली सम्बन्धि छलफल भई फलसोरुप लोडसेडिङ कम भएको सांसद तुलाचनले जानकारी दिनुभयो ।अबको दुई वर्ष भित्र मुस्ताङको हरेक गाउँ सम्म राष्ट्रिय ग्रीड पुर्याउने गण्डकी प्रदेश सासंद चन्द्र मोहन गौचनले जानकारी दिनुभयो ।

Loading...