म्याग्दी शनिबार मंसिर !५ गते सदरमुकाम बेनीमा जारी १७ औं अन्तर माध्यामिक विद्यालय स्तरिय ‘जेसिज कप’ फुटवल प्रतियोगितामा बेनीको साविक विजेता न्यू वेष्टपोईन्ट र केवी एकेडेमी दरवाङ्ग फाईनलमा प्रवेश गरेका छन ।

 

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रवार भएको सेमिफाईनल खेलमा शुन्यका विरुद्ध ८ गोल गर्दै न्यू वेष्टपोईन्ट र बेनी बोडिङ्गलाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गरी केवी एकेडेमी आज ह’ने फाईनल यात्रा तय गरेका हुन । प्रतियोगिताको हुवावे मोवाईलका स्थानिय विक्रेता नरेश मोवाईलले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यू वेष्टपोईन्ट माविले विजय सुरुआत गरेको छ । न्यू वेष्टपोईन्टले पहिलो पटक प्रतियोगितामा सहभागी महेन्द्ररत्न मावि बरंजालाई शुन्यका विरुद्ध ९ गोल प्रहार गशिल्ड हात पारेको छ । दुई पटकको विजेता र ९ पटकको उपविजेता रहेको न्यू वेष्टपोईन्ट र पहिलो पटक फाईनल यात्रा गरेको केवी एकेडेमी विच शनिवार विहान १० बजे खुल्ला मञ्चमा प्रतिस्पर्धा हुने संचार संयोजक सुजन बरुवालले बताउन’भयो ।

जिल्लामा आयोजना हुने विद्यालय तहको सर्वा्धिक ठूलो प्रतियोगिता मानिने जेसिज कप प्रतियोगिताको विजेताले नगद ४० हजारसहित कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेनडर, गोलकर्ता र अनुसासित खेलाडीलाई नगद एक हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Loading...