युएई शनिबार मंसिर १५ गते । युएईमा सम्पन्न तेश्रो म्याग्दी रनिङ्ग कप भलिबल –२०१८को उपाधी कास्की आदर्श समाजले हात पारेको छ । युएईको ४७ औँ राष्ट्रिय दिवसको अवसरमा मोना युएईद्वारा आयोजित तश्रो म्याग्दी रनिङ्ग कप– २०१८को फाइनल खेलमा नेपाल स्पाेर्ट जेवलालिलाइ पराजित गरि उपाधी हात पार्न सफल भएको हो ।
प्रतियोगिताको उपाधी संगै कास्की आदर्श समाजले नगद ३ हजार दिराम ट्रफी, प्रमाणपत्र र मेडल तथा उपबिजेता नेपाल स्पाेर्ट जेवलालिले नगद २ हजार ट्रफी प्रमाणपत्र र मेडल हात पार्न सफल भएका छन् । सेमीफाइनल खेलमा मोना बिलाई कास्की आदर्शले र नेपाल स्पोर्ट क्लब पर्बत ए लाई नेपाल स्पोर्ट क्ल्ब जेबलालिले पराजित गरि फाइनलको यात्रा तय गरेका थिए ।


प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाल स्पोर्ट क्लबलाई २१ का बिरुद्ध २५ र २३ का बिरुद्ध २५को जित हात हासिल गरि  कास्की आदर्श समाज ले तेश्रो म्याग्दी कप– २०१८को उपाधी चुम्न सफल भएको हो ।

दुबैको अल्कुजमा सम्पन्न प्रतियोगितामा १६टीमले सहभागिता जनाएका थिए । नेपाल स्पोर्ट्स क्लबका हिरा थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् भने नेपाल स्पोर्ट क्लब पर्वतका बिकास उत्कृष्ट स्पाइकर (सटर )रुपमा घोषित भएका छन्  ।


विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथी मोना आइसी मध्ये पुर्व संयोजक ई नन्द गर्बुजा मगर, खेलकुद संयोजक भिम कुमार राना, मोना युएईका अध्यक्ष रुद्र रोका मगर र मोना आइसी मध्ये पुर्व उपसंयोजक प्रकाश कार्कीले ट्रफी ,मेडल ,नगद ,अविर र प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो । प्रमुख अतिथी ई नन्द गर्बुजा मगरको उपस्थीति मोना युएईका अध्यक्ष रुद्ध रोका मगरको ससभापतित्व, खेलकुद संयोजक भिम कुमार राना मगरको स्वागत मन्त्ब्य तथा मोना युएईका सचिव काजिमान बुढाथोकी मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नाेट यस अघी प्रकाशित समाचारमा कास्की आदर्श समाज हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।

 

Loading...