फुलबारी बिहिबार मंसिर १३ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ फुलबारीमा रहेको सामाजिक कार्यमा सक्रिय छहारि युवा क्लबले आफ्नो ३२ औँ बार्षिकोत्सव मनाउने भएको छ ।३२ औँ बार्षिकोत्सवमा क्लबले बिगत बर्षहरुमा झै यस बर्ष पनि विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।आगामि पौष १ देखि ५ सम्म विविध खेलकुद सहितको सांस्कृतिक मेलाको आयोजना गरि आफ्नो ३२औँ जन्मोत्सव मनाउन लागिएको हो ।


पाँच दिन सम्म संंचाललन हुने कार्यक्रममा पुरुष भलिबल ,तारो, पुरुष लठो तान्ने, महिला लठो तान्ने, पुरुष छेलो , महिला छेलो, अन्धनिसान, एकल नृत्य प्रतियोगिता, दोहोरि गित प्रथियोगिता तथा विविध सांस्कृतिक मेलाको आयोजना हुने क्लब सचिव कमल सापकोटाले जानकारि दिनुभयो ।

उहाँका अनुुसार रु दुई हजार दर्ता शुल्क हरेको पुरुष भलिबल खेलका बिजेता र उपबिजेता टिमले क्रमश नगद रु ३५ हजार कप मेडल प्रमाणपत्र र २५ हजार मेडल प्रमाणपत्र पाउनेछन ।यसैगगरि तीन हजार दर्ता शुल्क रहेकोे तारो खेलका बिजेता र उपबिजेता टिमले क्रमश नगद रु ३० हजार मेडल, प्रमाणपत्र तथा २० हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै कार्यक्रम अवधिभर संचालन हुने पुरुष लठो तान्ने महिला लठो तान्ने पुरुष छेलो महिला छेलो अन्धनिसान एकल नृत्य प्रतियोगिता दोहोरि गित प्रतियोगिता र सांस्कृतिक कार्यक्रमका बिजेता र उपबिजेता टिमले नगद सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मेलालाई सफल बनाउन बिभिन्न उपसमिती गठन गरिएको सचिव सापकोटाले जानकारी दिनुभयो । उपसमिती संयोजक अन्तर्गत मेला संयोजक सुजन हमाल , खेलकुद संयोजक बिकाश मल्ल ,तारो संयोजक कमल बुढा तथा आर्थिक संकलन संयोजकमा बिबल्ब राज(तिलक) चयन गरिएको छ । मेलाले गाउँमा लुकेका खेलाडी एवम् नव कलाकारहरुलाई गरि अगाडि बढ्नमा थप हौसला प्रदान गर्ने मेला संयोजक सुजन हमालले बिशवास व्यक्त गर्नुभयो । वार्षिकोत्सवलाई सफल बनाउन सबै क्लब, संघ, संस्था तथा दर्शकहरुलाई चुलो निम्तो दिनुभएको छ ।
वार्षिकोत्सवलाई सभ्य एवम् भव्य रुपमा सफल बनाउन आन्तरिक तथा बाह्य तयारिलाई तिब्रता दिइएको क्लब अध्यक्ष तुलनारायाण बुढा मगरले बताउनुभयो ।मेलालाई सफल बनाउन आर्थिक सहयोग संकलनलाई पनि तिब्रता दिइएको बताउनुभयो । वार्षिकोत्सवलाई सफल बनाउनमा सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।

Loading...