म्याग्दी आइतबार मंसिर ९ गते । म्याग्दीको धौलागिरी गाउँपालिका–४मुदीमा रहेको प्रथम धौलागिरी युवा क्लबद्वारा शुभदिपावलिको अवसरमा आयोजित  दिपावली मेला २०७५को उपाधी नर्जाखोला युवा क्लबले हात पारेको छ  । मेलाको फाइनल खेलमा निस्कोटलाई पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो । गत मंसिर सात गतेसम्म संचालन भएको  मेलामा १२ टिमको सहभागिता रहेको थियो ।

लमसुङ गाउँ

क्लबले ऐतिहासिक जित हासिल गरेको बताइएको छ । जित संगै नर्जाखोला युवा क्लबले नगद रु ५५ हजार ५सय  ५ र प्रमाणपत्र  हात पार्न सफल भएको छ भने उपबिजेता निस्कोटले नगद रु ३० हजार र प्रमाणपत्र हात पारेको क्लब अध्यक्ष धनु रोका मगरले जानकारी दिनुभयो  । संसारकै सातौं अग्लो हिमशिखर धौलागिरि नजिक रहेको मुदी गाउँ जडिबुटी यास्र्या गुम्बाको पकेट क्षेत्रको रुपमा परिचित छ । पर्यटकिय दृष्टीकोणले प्रचुर संभावना बोकेको मुदी गाउँलाई पर्यटन बिकास गर्न हरेक बर्ष मेलाको आयोजना गरिदैँ आइरहेको अध्यक्ष रोका मगरले बताउनुभयो । अध्यक्ष रोका मगरले मेलालाई सभ्य एवम् भव्यता सहित सफल  बनाउन सहयोग पुर्याउने सबैमा धन्यबाद व्यक्त गर्नुभयो ।

मेलामा पुरुष भलिबल खेल महिला भलिबल संगै बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय हुुदैं आइरहेको बिजेता नर्जाखोला युवा क्लब लमसुङले हरेक जितबाट प्राप्त गर्ने पुरस्कारहरु बिधालयलाई सहयोग गर्दै आइरहेको क्लबका  सल्लाहकार भक्त सिंकिजा मगरले जानकारी दिनुभयो । जिल्लाको पर्यटकिय गाउँको रुपमा बिकास संंगै पर्यटन पर्वद्धन गर्नमा क्लबले सहयोग पुर्याउनका लागि पहल  गरिने नर्जाखोला युवा क्लबका अध्यक्ष सबिन घर्ति मगरले बताउनुभयो । ऐतिहासिक जितले लमसुङ गाउँमा खुशियाली छाएको छ  अध्यक्ष घर्ति मगरले भन्नुभयो  ।

 

Loading...