म्याग्दी  सोमबार कात्तिक २६ गते । गृहमन्त्री रामबहादुर थापा मगरले पछिल्लो समयमा मानवीय लापर्बाही तथा अज्ञानताका कारण बिपद् व्यवस्थापनमा चुनौती खडा भएको बताउनुभएको छ ।

म्याग्दीको सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापा मगरले सो कुरा बताउनुभएको हो ।पछिल्लो समय मानवसिर्जितबाट बढी विपद् निम्तीएको उहाँले बताउनुभयो । व्यवस्थापनका लागि दिर्घकालिन योजना बनाउन नीतिगत रुपमा पहल गरिने बताउनुभयो ।पछिल्लो समय तिब्र रुपमा जथाभावी सडक निर्माण तथा बिभिन्न मापडण्ड बिनाको  पुर्वाधार निर्माणका कारण बिपद् जोखिम बढ्ने गरेको उहाँको  भनार्इृ छ ।

उहाँले विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो  ।विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताउनुभयो   ।

कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताउँदै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताउनुभयो  ।  म्याग्दी पर्यटन र जलविद्युत्को प्रचुर सम्भावना बोकेको  जिल्ला भएकाले  पर्यटन  र जलबिद्युतबाट जिल्लाको  बिकास लागि सरकार कतिबद्ध रहेको बताउनुभयो । प्रमुख  जिल्ला अधिकारि लिलाधर अधिकारीले हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्लाको सुचिमा हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।

 

प्रजिअ अधिकारीले जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रबाट पहिरो, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न सहज हुने बताउनुभयो  । सूचना प्रविधिको सुविधा उपलब्ध केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।गृहमन्त्री थापा मगरको प्रमुख आतिथ्यताको उपस्थिती प्रजिअ अधिकारिको अध्यक्षतमा सुरु भएको कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारि लिलाधर अर्यालले गर्नुभएको थियो । कार्यक्रममा मन्त्रीकी पत्नी नैनकुमारि  थापाा मगर ललगायतकाे  उपस्थिती रहेकाे थियाे ।

Loading...