म्याग्दी सोमबार कात्तिक २६ गते । दिपावलिको अवसरमा देउसी भैलो खेलेर यहाँको एक बिधालयलाई साढे ६ लाख आर्थिक संकलन गरिएको छ । म्याग्दीको रघुगंगा गाउपालिका वडा नं ८ कुइनेमंगलेको घ्यासिखर्कमा रहेको रितुङ्ग माध्यामिक बिद्यालयलाई सो रकम संकलन गरिएको हो ।

वडामा एक मात्र माध्यमिक बिद्यालय रहेको रितुङ्ग मा.वि.बाट संस्कृति बचाउ बिद्यालय जोगाउ भन्ने उद्देश्यका साथ दिपावलिको अबसर पारेर बिद्यालय सेवा क्षेत्र भित्र पर्ने वडाको छ टोलमा देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रअ खिम बहादुर छन्त्यालले जानकारि दिनुभयो । जसमा एकमुष्ठ चौरखानि टोलबाट रु. १,0८,000/-, दुवाडि टोलबाट रु १,२६,३४०/-, पात्लेखर्क टोलबाट रु ४२,३५०/-, घ्यासिखर्क टोलबाट रु १,00,0३५/-, खरिबोट टोलबाट रु. २,00,६६0/- र मंगलेखानि टोलबाट रु  ७0,000 गरि  छ टोलबाट ६ लाख ४९ हजार रुपैयाँ संकलन भएको शिक्षक याम घर्तिले बताउनुभयो । काग तिहारका दिन चौरखानि टोल देखि सुरु भएको कार्यक्रम लक्ष्मी पुजाका दिन मंगलेखानि टोलमा गएर समापन भएको शिक्षक घर्तिले बताउनुभयो ।

वि.सं २०४७ सालमा स्थापना भएको सो बिद्यालयमा बि सं २०६८ सालदेखि माध्यमिक तह सञ्चालनमा आएको हो । निजिबाट माध्यमिक तह संञ्चालन गर्दै आइरहेको यस बिद्यालयमा बार्षिक करिब दश लाख शिक्षकको तलबभत्ता जुटाइदै आइरहेको प्रअ छन्त्यालले बताउनुभयो । आर्थिक भारलाई हलुका गर्नमा टेवा पुर्याउने उद्देश्यले देउसी भैलोको आयोजना गरिएको प्रअ छन्त्यालले बताउनुभयो । भैलिमा बिधालयलाई आर्थिक सहयोग गर्ने आमा समूह , सामुदायिक वन, युवा क्लब , टोलमा रहेको आधारभुत बिद्यालय , विभिन्न संस्था एवम वडा बासीहरुलाई वडाध्यक्ष गमान छन्त्यालले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

Loading...

1 टिप्पणी

Comments are closed.