इलाम साेमबार  कात्तिक १९ गते   । नेपालमा पहिलोपटक लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग हुने भएको छ ।

पश्‍चिमी इलामको माङसेबुङ गाउँपालिकामा स्थानीय लिम्बू भाषा सरकारी कामकाजको रुपमा प्रयोग हुने भएको हो । माङसेबुङ गाउँपालिकाको ५ नम्बर वडा कार्यालयको कामकाजी भाषाको रुपमा लिम्बू भाषालाई समेत प्रयोग गर्ने निर्णय भएको हो ।

गत विहीबार वडा समितिको आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी र संघसंस्थाहरुको संयुक्त बैठकले सो निर्णय गरको हो ।

लिम्बू समुदायको बाहुल्यता रहेको त्यस वडामा स्थानीय भाषाको सम्मान गर्दै लिम्बू भाषालाई समेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको वडा अध्यक्ष नरेन्द्र राईले बताए । उकत वडामा स्थानिय निर्वाचन २०७४ मा राष्ट्रिय जनमुक्ति पार्टीले प्यानलनै जितेको थियो । विभिन्न अप्ठ्यारा परिस्थिति रहेपनि लिम्बू भाषा र किरात सिरजंगा लिपिको आधार क्षेत्र रहेकाले सरकारी कामकाजमा प्रयोग गर्न माङ्सेबुङबटै सुरुवात गरिएको उनले बताए ।

ब्रिजिखबर डटकमबाट

Loading...