डोल्पा सोमबार कात्तिक १९ गते ।

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।

ज्यान जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको भे १ च १६ १० नम्बरको जीप कालगौँडाबाट भेरी नदीमा खसेको हो ।

बसमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उद्धारको काम चलिरहेको छ ।उज्यालाे  

Loading...