म्याग्दी÷आइतबार कात्तिक १८ गते ।
म्याग्दीमा १७ औं अन्तर माध्यामिक बिधालय स्तरिय जेसीज कप फुटबल प्रतियोगिता–२०१८ को आयोजना हुने भएको छ । जेसीज म्याग्दीको आयोजनामा मंसिर ११ गते देखि १५ सम्म सो प्रतियोगिता संचालन हुने पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको हो ।

पत्रकार सम्मेलनमा चार दिनसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका २० बिद्यालयको सहभागिता रहने अनुमान गरिएको जेसीज म्याग्दीका महासचिव बिरेन्द्र श्रेष्ठले जानकारि दिनुभयो । प्रतियोगतामा प्रथम हुने बिधालयले नगद रु ४० हजार, जेसीज कप ,ट्रफी मेडल र प्रमाणपत्र पाउने छन द्धितिय हुने बिधालयले नगद रु २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने महासचिव श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टा«इकर ,उत्कृष्ट गोलरक्षक ,राईजिङ्ग प्लेयर र अनुशासित टिमलाई नगद मेडल र प्रमाण प्रत्र पाउने भएका छन ।

प्रतियोगितामा सात लाख ६८ हजार बराबरको खर्च हुने अनुमान गरिएको जेसीज म्याग्दीका कोषाध्यक्ष सुजन बरुवालले जानकारि दिनुभयो । प्रतियोगितामा कम्तीमा रु १ लाख ५० हजार सहयोग गर्ने कुनै पनि व्यवसायिक प्रतिस्थानलाई टाइटल स्पोन्सर (त्ष्तभि क्उयकभच )को सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । साथै व्यवसायिक प्रतिस्ठानले चाहेको नाम प्रतियायेगितामा जोडि नामाकरण गरिने अध्यक्ष जेसि ई कमल बिश्वकर्माले बताउनुभयो । सदरमुकाम बेनिमा रहेको नरेश मोवाइल सेन्टरले प्रतियोगिताको सह–प्रायोजक नगद रु ५० हजार सहयोग गरेको अध्यक्ष बिश्वकर्माले जानकारि दिनुभयो । कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सम्पन्न गर्न आन्तरिक तथा बाह्य तयारिलाई तिब्रता दिइएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो ।

Loading...