राकेश शर्मा
गुर्जा÷शुक्रबार कात्तिक १६ गते । जिल्लाकै दुर्गम एवम बिकट धाैलागिरि गाउँपालिका १ गाउँ गुर्जाकी उदि छन्त्यालले ७३ बर्षको उमेरमा नागरिकता पाउनुभएको छ । बिःसंÞ २००२ मा जन्मनुभएकी छन्त्यालले शुक्रबारदेखि सुरुभएको एकिकृत घुम्ती शिविरबाट छन्त्यालले ७३ बर्षको उमेरमा नागरिकता पाउनुभएको हो ।

धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा ८ बर्षपछि शिविरको आयोजना गरिएको हो । छन्त्यालले नागरिकता नबनाइएका कारण सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको थियो । भत्ता पाउने उमेरमा नागरिकता पाउँदा खुशि व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारि लिलाधर अधिकारिले छन्त्याललाई नागरिकता हस्तान्त्रण गरि शिविरको उद्घाटन गर्नुभएको थियो ।

दुर्गम गाउँ तथा यहाँका गाउँबासिहरु गोठ लिएर माथि लेक जाने भएकाले नागरिकता पाउनबाट बञ्चित हुनुपरेको वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।‘ घरदैलोमै सरकारी सेवा पाएपछि भएपछि स्थानियहरु उत्साहित भएका छन’ उहाँले भन्नुभयो ।

शुक्रबारदेखि सुरु भएको शिविरमा सदरमुकाममा रहेका सरकारि कार्यालयहरुले बिभिन्न सेवा उपलब्ध गराएका छन । शुक्रबारदेखि शनिबार सम्म दुई दिन सम्म संचालन हुने शिविरमा नागरिकता,अपाङगता परिचयपत्र,स्वास्थ्य सेवा, मालपोत र नापी सम्बन्धि सेवा दिइएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको हो ।
प्रतिनिधिसभाका सांसद भूपेन्द्र वहादुर थापाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा सांसद थापा , जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,प्रहरी नायव उपरिक्षक बीरवहादुर वुढामगरले मन्तव्य राख्नुभएको थियो ।

Loading...