गोपाल छन्त्याल
अष्ट्रेलियामा पाइला टेकेको १६ औँ दिनमा आफ्नै बारे केहि लेख्ने जमर्को गर्दैछु । एक दशक सक्रिय पत्रकारितामा सबै विषय लेखेँ जस्तो लाग्थ्यो तर अहिले बुझ्दै छु, आफ्नो बारे लेख्नै भुलेको रहेछु । आफ्नो बारे लेख्न, कुनै गम्भिर विषयमाथि समाचार लेख्नु अघि सबै जानकारी भएपनि ‘कोडिङ पात्र’नभेटे जस्तै भइरहेको छ ।

आफ्नै बारे लेख्दा, बेनी छोड्नुको अघिल्लो साँझ याकहोटलमा मिडिया सोसाइटीको बिदाइमा पत्रकार घनश्याम खड्का, सन्तोष गौतम, ठाकुर प्रसाद आचार्य लगायतका सहकर्मीले ‘जहाँगएपनि लेख्ने काम नछोड्नु’भनेर दिनुभएको सल्लाह झल्झली सम्झिरहेको छु । बिदाइको क्षण पीडादायिक त अवश्य हुन्छ नै तर, त्यो क्षण जिन्दगीभर भुल्ननसक्ने क्षण थियो मेरो लागि । व्यवसायिक कर्ममा हामी कति आत्मीय भएका रहेछौँ, एक–अर्कामा कति घुलित भएका रहेछौँ ?भन्ने एउटा प्रतिबिम्ब थियो त्यो । तपाँईहरु सँग यसरी बिदाई हुन पाउनु नै मेरो खुशीको विषय हो । भविश्य कसले पो देखेको छ र ?जहाँ रहेपनि अवश्य सँगै रहनेछौँ । प्रिय सहकर्मीका लागि यति मात्र भन्छु ।


कठोर प्रश्न..?
पत्रकारितामा आफुलाई म निकै भाग्यमानी ठान्दछु । छापा, विद्युतीय र अनलाइन सबै खाले सञ्चार माध्यममा अनुभव हासिल गर्ने मौका मिल्यो । सायद त्यहिभएर होला, मलाई मायाँ गर्ने तीनै खाले शुभचिन्तकहरु हुनुहुन्थ्यो । मेरो वैदेशिकयात्रालाई लिएर सिँगा–तातोपानीका अग्रज दाइ विक्रम बुढाथोकीले स्टाटस लेखेरै भन्नुभयो, ः ‘सधै संभावना देखाउने तपाँई, अनिआफै पलायनहुने ?, यो त सुहाएनभाई’ । नागरिक समाजका संयोजक एबम् मिडिया सञ्चालक सुर्दशनकुमार श्रेष्ठले भिषालागेको थाहा पाएपछि भेटेरै भन्नुभो, ‘भिषा रद्द गर्नुस्, यहि गरौँ बरु लगानीकति चाहिन्छ भन्नुस्, मैले सहयोग गर्छु ।’

सामाजिक सञ्जालमा लाखौँ शुभचिन्तकको प्रतिक्रिया एक–एक गरि अध्ययन गरेको छु, सबै प्रति सधै–सधैँ सम्मान छ÷रहिरहने छ । विक्रमदाई सुर्दशन सरको प्रश्नले मलाई बास्तबमै सोच मग्नबनाएको छ । स्तब्धतुल्याएको छ ।पत्रकारितामा नकरात्मक भन्दा बढी सकरात्मक खोज्नुपर्छ भन्ने मेरो मान्यताले जतिसकें सायद विक्रमदाईले भन्नुभए जस्तै, संभावना देखाउने र सकरात्मक परिर्वतन ल्याउने खालका विषयबस्तु उठान गरेँ ।

सुर्दशन सरले भन्नुभए जस्तै, मिडियाको क्षेत्रमा जिल्लामा ठुलो संभावना देखेर रेडियो, साप्ताहिक, अनलाइन र पछिल्लो समय दैनिकपत्रिका सञ्चालन गरिरहेको थिएँ । तर, वर्तमान यतिशक्तिशाली बनेर आयो की, बिक्रमदाई र सुर्दशन सरको प्रश्नको तत्काल जवाफ दिनअसमर्थ भएं ।दुबै जनाप्रति सरी माग्छु ।

पत्रकारिताबाट जे पाएँ…
पत्रकारिताबाट के पाएँ?फर्केर हेर्दा, म जहाँ छु पत्रकारिताकै कारणले छु । वि.स २०६० साल चैत्र ७ को भिडन्तले छेदविच्छेद र उजाडिएको बेनीबजार १५ बर्षमा यसरी हराभरा भएको छ, मानौँ, त्यहाँ युद्धसँगै विकासको बीउ रोपिएको थियो । भीषण भीडन्तको डोबहरु भर्खर ओभाउँदै गएको अवस्थामा पहिलो पटक बेनीझरेको म रेडियोमा बोल्ने, समाचार खोज्ने र लेख लेख्ने असीमित चाहनाको भोको थिएँ । तर, न शुद्ध लेख्थें, न बोल्थें न त कसरी सुधार गर्ने ?भन्ने कुनै हेक्काथियो ।

मात्र अतृप्त चाहना थियो । अहिले पनि पूर्ण तभएको छैन । तथापिजति छु, गाउँबाट रित्तो झरेको मान्छेका लागि यति पनि काफीहो भन्ने लाग्छ । अवसरको खोजीमा कैयनदिनभोकै बिताएको छु, जसको बदलामा आफैलाई चिन्ने अवसर पाएँ । अप्रिल १तारिख ‘अप्रिलफुल’मनाउने दिन । तर, २००९ को अप्रिल १ मेरो लागि पत्रकारितामा व्यवसायिक करिअरको ऐतिहासिक दिन थियो । काठमाडौँबाट प्रकाशित हुने अन्नपूर्ण पोष्टले मासिक ४५ सय रुपैयाँ तलब दिने गरि नियुक्तिदिएको त्यो दिन म राम्रोसँग निदाएको थिएन । भोलीपल्ट पत्रिकामा प्रकाशित बाइलाइन (नाम सहित) समाचार हजारौँ पटक हेरेँ हुँला । कटिङ गरेर हप्तादिन सिरानीमा राखेर सुतें । ‘खोप्रालेकमा चौरीगाइको आलो रगतपिउने मेला’शीर्षकको उक्त समाचारको कटिङ अझै मेरो डायरीमा सुरक्षित छ । त्यसको केहि समयपछि रेडियो म्याग्दीको समाचार कक्षमाकाम गर्न अवसर पाएँ । त्यहाँबाट पनि अन्नपूर्ण जत्तिकै पारिश्रामिकपाइने ।

हरेकबर्ष तलब बढ्दै जान्थ्यो ।अहो, दुइतिरबाट तलबआउने त्यो पनि पत्रिकामा आफ्नै नाम र रेडियोमा ‘म गोपाल छन्त्याल…’भन्दा सबै युद्ध जिते जस्तो भानहुन्थ्यो । सायद त्यहीभएर होला दशबर्ष मेरो लागिदशहप्ता जस्तो पनिभएन् । राती २ बजेसम्म समाचार लेखेर बस्थें । पारिश्रामिकका लागि भन्दा पनिबाइन समाचारका लागि । बाइलाइन समाचार छापिएर त्यसको कटिङ फेसबुकमा राख्नपाएको दिनज्यादै आनन्दलाग्थ्यो । नियमित तलब आउने भएपछि मैले आफ्नै अग्रसरतामा जिल्लास्तरमा अन्य समाचार माध्यमखोल्ने सोच बनाएँ ।

जसमा कमल खत्री, सन्दीप खत्री, निर्मल खत्री, विपीन छन्त्याल, भरत रकालहरुले विर्सन नसक्ने सहयोग गरे ।कमल, सन्दीप र निर्मलको व्यक्तिगत प्रगतिमा सबैभन्दा बढी खुशीहुने एक शुभचिन्तकभित्र पर्छु । पत्रकारिताबाट मैले आफ्नो सानै देखिको चाहनामात्र पूरा गरिंन, आकर्षक आम्दानी पनिगर्दै गएँ । पत्रकारिताले मलाई एउटा पूर्ण व्यवहारिक प्राणी बन्नसिकायो । त्यसको बदलामा मैले पत्रकारिताका लागि कति योगदान दिएँ?मूल्यांकनको जिम्माआम पाठक बर्गलाई । पत्रकारिता नगरेको भए सायद यति बेला कुनै भट्टीमा जाँड ढोक्ने कुलतीहुन्थें होला । पत्रकारिताको लतले मलाई उच्च जिन्दगी जिउन सिकाएको छ ।
परिवारको सहयोग..
मेरो बुबाको निधनभएको फागुन १गते तीनबर्ष हुदैछ । बुबागाविस अध्यक्ष हुँदा उहाँको समर्थन र विरोधमा नाराबाजीहुने गरेको अलि–अलि सम्झना छ । समर्थन होस र विरोध, घरमा आएपछि बुबाले सधैँ भन्नुहुन्थ्यो ‘सधैँ इमान्दार बन्नुपर्छ, इमान्दार भइयो भने समर्थन गर्नेले पनि गरिराख्छ, विरोध गर्नेले पनि पछि समर्थन गर्छ ।’ मैले पत्रकारिता सुरु गरेपछि गाउँमा मिठाई बाँड्ने र बेनी आएपछि मेरो समाचार खोजी–खोजी घर लैजाने बुबाकै कारण पत्रकारितामा टिक्ने आत्मबल पाइन्थ्यो ।

आमाको त कुरै नगरौँ, एकदिन रेडियोमा नबोलेको दिनआज के भयो ?भन्दै फोन गर्नुहुन्थ्यो । बैवाहिक जीवनमा बाँधिएपछि धर्मपत्नीको सहयोग नहुदो हो त सायद मेरो पत्रकारिता तीन बर्षमै टुगिने थियो । न उनलाई समय दिन सकेको हुन्थें, न बालबच्चाको हेरचाह । मध्यरातमा कोठा पुग्दाआफैलाई अप्ठ्यारो लाग्थ्यो । तर, उनको मुहारमा गुनासो होइन हौसला झल्कििन्थ्यो ।
अब भुपु पत्रकार..
म विगत र इतिहासलाई बुझ्छु अनि सम्मान गर्छु तर वर्तमानलाई विश्वास गर्छु । विगत के भन्दावर्तमान के ?भन्ने महत्वपूर्ण हो भन्ने मेरो सानै देखिको बुझाई हो । हुन त विगतको जगमा वर्तमान बन्ने हो र त्यसैको जगमा भविश्य बन्न सक्ने हो । तर भविश्य कस्तो बन्ने भन्ने अनुमान मात्रै हो ग्यारेन्टी हुदैन, त्यसैले वर्तमान नै सबैभन्दा महत्वपूर्ण हो ।

दशबर्ष पत्रकारिता गरेँ, मेरो लागि त्यो विगत भइसक्यो । त्यसैले अब म एक भुपु पत्रकार । मेरो वर्तमान त, प्रवासमा जिवनको नयाँअध्याय सुरु गरेको यात्री । विगत भजाएर थुप्रै नाजायज फाइदा लिने एउटा गिरोह, पत्रकारितामा मात्रै होइन् सबै तिर छ । यसको अन्त्य  हुनुपर्छ ।

Loading...