म्याग्दी मंगलबार भदाै २६ गते । म्याग्दीकाे सदरमुकाममा साेमबारदेखि जारि अन्तर माध्यामिक जिल्ला स्तरिय छात्रा फुटबल खेलकाे फाइनलमा माउण्ट एभरेष्ट अावासिय माबि बेनि र गलेश्वर आर्दश माबि प्रवेश गेका छन ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गरेेकाे अन्तर माध्यमिक छात्रा फुटवल प्रतियोगिताको फाईनलमा साे दुई समुह प्रबेश गरेकाे जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेश श्रेष्ठले जानकारि दिनुभएकाे छ ।

मंगलबार भएको सेमिफाईनल खेलमा माउण्ट एभरेष्ट अावासिय माबि बेनिले न्यु वेष्ट प्वाइन्ट अावासिय माबिलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन भने यता गलेश्वर आर्दश माविले बुद्ध एकेडेमी बगरफाँटलाई १ का विरुद्ध ३ गोल गर्दै फाइनलमा प्रवेश गरेका हुन । अन्तिम फाईनल खेल बुधबार बिहानदेखि नै हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई नगद २० हजार, १२ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा सर्वा्धिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५०० र अनुशासित टिमलाई चार हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र रहको छ ।

Loading...