म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा रहेको केबि एकेडेमि एण्ड बोर्डिङ स्कुलमा प्रथम केबि अन्तर माबि जिल्लास्तरिय नित्य प्रतियोगिता २०७५ को आयोजना गरिने भएको छ।
बिधालयको आयोजनामा सो कार्यक्रम गर्न लागिएको बिधालयका लेखापाल हिरा सिंउथानि मगरले जानकारि दिनुभएको छ।आगामि १२ गतेदेखि सुरु हुने सो कार्यक्रम एक दिनसम्म संचालन हुनेछ।एक दिन सम्म संचालन हुने कार्यक्रमको तयारिलाइ तिब्रता दिइएको बिधालय प्रबन्ध निर्देशक हिरा पुन मगरले जानकारि दिनुभएको छ।नित्य जिल्ला भित्र रहेका( एक देखि दश सम्म ) माबि स्तरिय एकल र समुहगत रुपमा प्रतियोगिताको आयोजना गरिने भएको छ।कार्यक्रममा प्रथम प्रतियोगि नगद रु १०००० र प्रमाणपत्र
द्धित्यीय पुरस्कार नगद रु ६००० हजार र प्रमाणपत्र
तृतिय पुरस्कार नगद रु ३००० हजार र प्रमाणपत्र
सान्त्वना पुरस्कार नगद रु १००० हजार र प्रमाणपत्र पाउने छन। सबै बिधालयहरुलाई पत्राचार गरिसकेको र पत्राचार नभएका बिधालयहरुलाइ सुचनाका आधारमा उपस्थिति जनाउन आयोजकले आग्रह गरेको छ।

Loading...