दरबाङ्ग, बिहिवार कार्तिक ३० गते । बिहीवार म्याग्दीको दरबाङ्गमा मालिका गाउँपालिकाको उधम विकास रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । अस्ट्रेलिया सरकारको आर्थिक सहयोग तथा लघु उधम विकास कार्यक्रम (मेडेप)द्वारा संचालन र मालिका गाउँपालिकाको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो ।


दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि एबम मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले व्यक्तिगत जीवन स्तर उकास्न तथा आत्म निर्भर बन्नलाई उधम पहिलो आधार भएकाले कार्यक्रम यस्लाई निरन्तरता एबम प्रभावकारी बनाउन आग्रह गर्नुभयो । आफू तथा गाउँपालिकाबाट पनि कार्यक्रमलाई लक्ष्यित गरि आवश्यक बजेट बिनियोजन गरिएको बताउदै निर्धक्क भएर बजेटको सहि सदुपयोग संगै कार्यक्रम परिणाममुखी एबम उपलब्धिमुलक बनाउन निर्देशन दिनुभयो ।

त्यस्तै मेडेपका सुरेश दाहालले प्रशिक्षण दिदै कार्यक्रम गर्नुको मुख्य उदेश्य नै गाउँपालिका भित्र रहेका प्राकृतिक स्रोत साधनहरुको उपयोग गरि पाँच बर्ष भित्रमा गाउँपालिका भित्रका जनतालाई आत्मनिर्भर बनाउनु रहेको बताउनुभयो ।मेडेपका प्रतिनिधि रजनी थापा मगरले पनि सहभागितामुलक पद्धतिद्वारा पाँच भर्ष भित्रमा स्थानीय स्तरमा भएका कच्चापदार्थलाई सदुपयोग गरि कस्तो उधमशिलता उत्पादन गर्ने मुख्य कुरा रहेको बताउनुभएकी छन । मालिका गाउँपालिक अध्यक्ष श्रीप्रसाद रोका मगरको प्रमुख आतिथ्यताको उपस्थितिमा सुरु भएको कार्यक्रम संचालन वडा नम्वर ६ का वडा अध्यक्ष सन्तनाथ जैसिले गर्नुभएको थियो।भने कार्यक्रम समापन म्याग्दी उधोग बाणिज्य संघ दरबाङ्ग इकाईका उपसभापति लेक बहादुर पुन मगरले गर्नुभएको थियो । कार्यक्रममा मेडेपका राम्देबी पुर्जा मगर,दिलु गुरुङ ,नवराज दाहाल र गरिमा बिकास बैंक शाखा कार्यालय दरबाङ्गका प्रबन्धक नारायणहरि शर्मा ,प्रभु बिकास बैंक शाखा कार्यालय दरबाङ्गका प्रबन्धक बिपिन चोखाल ,हरिमाया बिक,वडा नम्वर ६ वडा सदस्य गौमती चापागाईं तथा विभिन्न संघसंस्थामा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Loading...