सोमबार श्रावण ३० गते । नेपालको आधा भाग बाढीले जलमग्न भएको छ । अविरल बर्षात सङ्गै आएको बाढिमा परि कसै घरबिहिन भएका छन् भने कसैले आफन्त गुमाएका छन त अहिले देश नै शोकाकुल अवस्थामा दुबिरहेको समयमा देशबिदेशमा बस्ने नेपालिहरुले कसैले सहानुभूति प्रकट गरेका छन भने कसैले रुपैया संकलन अभियान कसैले अन्न दान गरि त्यो तराईमा बाढीले पुर्याएको पीडामा मलम पट्टि लगाउने काम गरिरहेका छ्न ।

त्यस्तै नेपालको पश्चिम भेगमा रहेको म्याग्दीको मालिका गाउँपालिका-४ च्युरिबोट, फुलबारीमा रहेको छहारी युवा क्लबले पनि देशको तराई ठुलो शोकमा दुबिरहेको बेला बाढिपिडितहरुलाई केही राहत मिलोस भनेर क्लबले राहत संकलन अभियान कार्य सुरु गरिएको क्लबका अध्यक्ष तुलन बुढा मगरले बताउनुभयो । साथै उहाँले भन्नुभयो सबै इच्छुक दानबिरहरुलाई क्लबद्वारा सहयोग गर्न मन लागे आधिकारिक क्लबद्वारा सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ । बि.स. २०४३ सालमा स्थापना भएको उक्त क्लबले विभिन्न किसिमका सामाजिक कार्यहरुमा अग्र भुमिका निर्वाह गर्दै आएको छ । क्लबका सबै सदस्यहरुले राहत संकलन अभियान कार्यलाई तिब्र रुपमा अगाडि बढाइरहेको सचीव मुक्ति पुन मगरले जानकारी दिनुभयो ।

Loading...