म्याग्दी ,आइतबार श्रावण १५ गते २०७४ |


मालिका गाउँपालिका- ७ बिमवासिले आफ्नै श्रम खर्चेर निर्माण गरेको सडक जिल्लाकै नमुना सडकको रुपमा परेको छ । सरकारी लगानी भन्दा स्थानीय बिम बासिले आफ्नै श्रम खर्चेर उक्त सडक उच्च प्रबिधिबात निर्माण गरिएको छ । दर्वाङ्ग हुँदै साबिक बिम गाबिसको -४ खारादेखि एक र दुई नम्बर वडामा पर्ने तल्लो गाउँ हुँदै ६ र ७ नम्वर वडामा पर्ने डाँडागाउँ तथा दिच्याम ,बाइन्दफात जोड्ने ११ किलोमिटर ग्रामीण सडक जिल्लाकै नमुना सडकको रुपमा चिनिएको छ ।

स्थानीय बासिबात ब्यक्तिगत तथा घरदैलो दैलो चंदाबाट रु 8३ लाख रुपैयाँ खर्च गरिएको उपभोक्ता समितिका निबर्तमान अध्यक्ष रेशम जुग्जालिले बताउनुभएको छ । उहाँका अनुसार साबिक बिम गाबिस कार्यालयबात २३ लाख जिल्ला बिकास समितीबाट १६ लाख गरि जम्मा सरकारी अनुदान ३९ लाख रहेको बताउनुभएको छ भने उक्त मोतरबाटो निर्माण गर्न अहिलेसम्म १ करोड २२ लाख भन्दा बढी खर्च भएको बताउनुभयो । सबै ठाउँमा उच्च प्रबिधिबाट निर्माण गरिएको उक्त बाटो निर्मान गर्दा कडा चत्तान फोडि बनाइएको सडक दीर्घकालीन समयसम्म टिकाउ हुने स्थानिय वासिको बिश्वास रहेको छ । उक्त बाटो निर्मान गर्दा प्रबासमा रहेका गाउँबासिहरुले पनि निकै ठूलो लगानी गरेका छन ।

Loading...

1 टिप्पणी

Comments are closed.