म्याग्दी ,शनिबार श्रावण १४ गते २०७४ | म्याग्दीको दुर्गम ठाउँमा रहेको धवलागिरी गाउँपालिका -१ गुर्जाका जनप्रतिनिधिहरुद्वारा तीस बर्ष मुनिका युवायुवतीलाई धूम्रपान तथा मध्यपान सेवनमा रोक लगाएका छ्न । निर्वाचित प्रतिनिधिहरुले यस्तो नियम बनाएका हुन!धूम्रपान तथा मध्यपान सेवनले पारिवारिक लगायत समाजमा शान्ति कायम गर्न चुनौती थपिएकाले उक्त नियम बनाइएको निर्वाचित वडा अध्यक्ष झक छन्त्यालले बताउनुभएको छ उहाँका अनुसार सबैसङ्ग छलफल गरि उक्त नियम बनाएको बताउनुभयो । उहाँले भन्नुभयो युवाहरूमा पछिल्लो समय धूम्रपान र मध्यपानले गर्दा कुलतमा फसेको र मानसिक तथा सामाजिक रुपमा पनि नकारात्मक प्रभाव बद्दै गएकाले उनिहरुलाई कुलतबात छुताउन आफुहरुले यस्तो नियम बनाएको बताउदै यस कदममा युवाहरू पनि सकारात्मक रुपमा आफुहरुलाई साथ दिएको बताउनुभएको छ।

साबिक सबै वडाहरुको टोलटोलमा सूचना गराइएको र तथा अन्य ठाउँमा पनि पोस्तर टासि सुचित गराइएको बताउनुभएको छ । यदि कसैले नियमको अवेग्या तथ उन्लङ्घन गरि धूम्रपान एबम मध्यपान सेवन गरेको पाइएमा वडाले पहिलोपटक कारबाही सहित रु एकसय जरिवाना र दोस्रो चोती दोर्स्याइएमा सजाय र रु दुईसय, तेस्रोपटक पनि सेवन गरेमा दोब्बर जरिवानाका साथै कडा कारबाही तथा चौथोपटक पनि सेवन गरेको भेताइएमा कानुनी कदमद्वारा कारबाही गरिने बताउनुभएको छ । साथै ओसारपसारमा पनि पुर्णरुपमा रोक लगाइएको र यसमा कसै सामेल भएको भेतिएमा कडा कारबाही हुने बताउनुभएको छ । यदि यो नियम लागू भएमा समाज तथा ब्यक्ति दुबैलाई फाइदा हुने उहाँ बिस्वस्त हुनुहुन्छ ।

Loading...