तालको बहाव बढ्दै गएपछि पाँच घर सहित घरिथोक बस्ती उच्च जोखिममा

म्याग्दी ,आइतबार अषाढ २५ ,२०७४ | म्याग्दीको मालिका – ५ देविस्थान, घरिथोक बस्ती माथी डांडामा रहेको गाइखर्क तालको अविरल बर्षातका कारण बहाव बढ्दै गएपछि तलाउ फुत्न लागेकाले तल बसोबास गर्ने ३५ घरहरु जोखिममा परेका छन । ३५ घरहरुमध्य पाँच घर पहिरोको उच्च जोखिममा परेको समाजसेवी तथा पीडित भक बहादुर घर्तिमगरले बताउनुभएको छ । उच्च जोखिममा ओमबहादुर घर्ती ,सुनमाया भट्टचन ,कमल पुन ,बल बहादुर राना र तेकबहादुर घर्ती रहेका छन् । उहाँले भन्नुभयो तालको संरक्षण तथा बस्ती जोगाउनका लागि बजेत छुट्टाइएपनी पर्याप्त नभएकोले काम अगाडी नबदाएको पुनले बताउनुभएको छ ।

्गरत बर्षको तालको बहावले गर्दा बस्ती माथिको जमीन भासिएर चिराचिरा परेकाले पहिरो आउने त्रासमा रात कताउन बाध्य भएका छन । गतबर्ष पनि पहिरोले गोठमा बाधी राखिको एकजोदा गोरु पुरिएको पीडित समबहादुर घर्ती मगरले बताउनुभएको छ । उहाँका अनुसार पहिले तालको पानी हिउँदमा सुक्ने गर्थ्यो बिगत केही बर्षयता तलाउको पानी हिउँदमा पनि उत्तिकै बस्नेगरेको बताउनुभएको छ ।

बस्ती माथि रहेको ताल फुत्ने सम्भावना बद्दै गएपछि कतिखेर बस्ती बगाउछ भनी त्रसित हुने गरेका छ्न । कमजोर भुभाग अनि भिरालो जमिनका कारण जमिन भासिएको नवनिर्वाचित अध्यक्ष पिपला बुढा मगरले बताइन् । गाउको सम्पदा मानिएको उक्त तालको गहिराइ २५/३० फित जति रहेको छ । उक्त तालले करिब १५ सय स्क्वायर मितर क्षेत्रफल ओगटेको छ । बस्तिलाई जोगाईदिन सरोकारवालाहरुसङ्ग बस्तिका बासिन्दाहरुले माग गरेका छ्न । ड्याम निर्माण गरि तालको संरक्षण तथा बस्ती जोगाइदिन आग्रह गरेका छन ।

Loading...