देविस्थानमा वडा भेला तथा योजना छनोट कार्यक्रम सम्पन्न

म्याग्दी, असार २२ गते बिहिवार | मालिका -५ देविस्थानमा बुधबार वडा भेला तथा योजना छनोट कार्यक्रम सम्पन्न भएको छ । जननिर्वाचित वदा अध्यक्ष पिपला बुढा मगरको अध्यक्षतामा बसेको सो भेलाले वदा भित्रमा आवस्यक योजनाहरु माथी छलफल गरि उक्त योजनाहरुलाई प्राथमिकरणमा राखी प्रस्ताव पेश गरिएको छ । भेलामा वदा भित्र केन्द्रिय विद्युत बिस्तार ,दर्वाङ्ग रुन्मा देविस्थान जुग्जा ताकम हुँदै ढोरपातन जोद्ने मोतरबातो बिस्तार ,मगरदाङ्ग टोल सुधार तथा सबै ठाउको बस्ती सुधार ,सडक स्तोर्न्नोति ,धार्मिक स्थलको संरक्षण ,सामुदायिक बनको संरक्षण,बिधालय पुर्वाधार बिकास तथा शैक्षिक स्तोर्न्नोती,क्लबको खेल मैदान ,कृषि सिंचाइ , गाईखरक तालको संरक्षण ,स्वास्थ्य सामाग्री तथा सामुदायिक भवन निर्माण आदि गरि ४३ योजना पेश गरिएको छ । भेलामा जनप्रतिनिधि महिला सदस्य राजमती बुढा मगर ,स्वास्थ चौकीका बेगप्रसाद राना मगर ,शिक्षक पर्शुराम फगामी तथा पत्रकार साधन राम्जालिको उपस्थिति रहेको थियो । रुन्मा र जुग्जामा पनि बुधबार नै टोल भेला सम्पन्न गरिएको छ । उक्त भेलाले पनि सोहि योजनाहरु माथि छलफल गरि योजना छनोट गरेको छ ।

Loading...