घरको नक्सा

म्याग्दी, असार १९ गते सोमबार | ग्रामिण भेगका गरिब तथा अति बिपन्न परिवारलाई लक्ष्यित स्थापित सहरी बिकास तथा भवन निर्माण बिभाग दिभिजन बाग्लुङद्वारा पहिलो चरणको आ.ब. २०७२/७३ कार्यक्रम अन्तर्गत म्याग्दीमा १०० आवाज निर्माणका लागि स्वीकृत गरेको छ । म्याग्दीको विभिन्न ग्रामीण भेगका गरिब तथा अति बिपन्न परिवारछनोत गरि १०० आवाज निर्माणका लागि स्वीकृत गरेको कार्यालय प्राबिधिक धर्मराज अधिकारिले जानकारी दिनुभएको छ । उहाँको अनुसार म्याग्दीको लुलाङ्गमा ९, ताकममा १०, ओखरबोतमा ५, रुममा ७ तथा अन्य बेनी नगरपालिकाका सिङ्गा, घतान, अर्थुङ्गे, पुलाचौर, भकिम्ले, राखु पिप्ले, राखु भगवती, दाना र घार गरि गरिब तथा अति बिपन्नको लागि भवन निर्माण कार्य गरिरहेको अधिकारीले बताउनुभएको छ । हालै भएको चुनाब तथा घरायसी कामले गर्दा तोकिएको समयमा भवन निर्माण भइनसकेकाले आर्थिक बर्ष असार मसान्तसम्म सक्न निर्देशन दिएको र दोस्रो किस्ता पनि छित्तै उपलब्ध गराइने बताउनुभएको छ । उहाले छुतेकाहरुलाई दोश्रो चरणको कार्यक्रममा समितिने बताउनुभएको छ । गरिब तथा अति बिपन्नका लागि यस्ता संस्थाद्वारा गरिने कामले पक्कै पनि हातमुख जोह गर्न नसक्ने परिवारको लागि यो कार्यक्रम उनीहरुलाई ठुलो राहत मिल्नेछ । अत्यावश्यक आवाज नहुदा कतिपय ग्रामीण भेगका गरिब तथा अति बिपन्न परिवारहरुसित, पानि पर्दा ओत नहुदा कथ्याङृदै जादो कात्न बाध्य छन घाममा शितल दिने आवाज नहुदा चर्को घाममा पनि दिन कात्न बाध्य छ । त्यसैले हामी पनि एउटा समाजको जिम्मेवार ब्यक्ती भएको नाताले यस्ता गरिब तथा अति बिपन्न परिवारहरुलाई सहयोग गर्न आवश्यक छ, र यी यस्ता कार्यक्रमहरुसङ्ग समन्वय तथा सहकार्य गरि जिम्मेवार नागरिक भएको परिचय दिन सक्नुपर्छ ।

Loading...