प्रहरीको सहयोगमा पाए गुरुङले हराएको चारघन्टापछि ५४ हजार पैसा

म्याग्दी, असार १७ गते शनिबार | म्याग्दिको मालिका ६ दर्बाङ्गमा सन्तोष हार्दवर पसल संचालन गर्दै आएका बिलभ गुरुङले पसलबाट हराएको रु ५४ हजार सात सय रुपैया प्रहरीको सहयोगमा पाएका छन् ।

शुक्रबार पसलमा सामान बेचेर काउन्तरमा राखेको पैसा बेलुकी ५ बजेतिर हेर्दा काउन्तरमा नभएपछी उनले तत्काल ईलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दर्बाङ्गबात खतिएको तोलिले पैसा चोरी गरेको आशङ्कामा मालिका-६ सोही दर्बाङ्गमा बस्ने १० बर्शिय बालक करन सिंहलाई नियन्त्रणमा लिई लामो समयसम्म सोधपुछ गर्दा आफुले नै पसलबाट पैसा झिकेको स्वीकार गरेपछि खतिएको प्रहरी टोलिले उनिसङ्ग खोजतलास गर्दा उनको साथबाट रु तीन हजार र बाकी ५१७०० रकम ईलाका बन कार्यालय दर्बाङ्गको नजिकै बनमाराको झादिमा लुकाइराखेको अबस्थामा उक्त रकम बरामद गरेको ईप्रका प्रमुख हिरा थापा मगरले जानकारी दिनुभएको छ ।

उक्त बरामद रकम शनिबार सार्बजनिक गरि पैसा धनी गुरुङलाई प्रमुख थापा मगरले बुझाउनुभएको छ । रकम बुझ्दै प्रहरीको सहयोगप्रति धन्यवाद प्रकत गर्दै प्रहरिको यस्तो कार्यले गर्दा जनमानसमा प्रहरिप्रतिको बिश्वास अझै बढेर जाने बताउनुभएको छ । अभियुक्त सिंहको अपराधलाई बालबिझ्यको रुपमा लिई पीडित गुरुङसङ्ग समन्वय गरि निजलाई अभिभावकको जिम्मा लगाइएको प्रमुख थापा मगरले बताउनुभएको छ ।

Loading...