जिल्ला पशु सेवा कार्यालय म्याग्दीद्वारा दर्वाङ्ग,देबिस्थान तथा फुलबारीका मासु पसलहरुमा छद्के अनुगमन

म्याग्दी, असार ७ गते बिहीबार ! म्याग्दीको मालिका गाउपालिका वदा नम्बर पाँच ,छ , चारमा पर्ने मासु पसलहरुमा छद्के अनुगमन गरियको छ ! जिल्ला पशु सेवा केन्द्र म्याग्दीका कार्यालय प्रमुख ,भेतनरिका वरिष्ठ दा : मानबहादुर पुनमगर र जिल्ला पशु चिकित्सक जीवन आचार्यले पशु सेवा केन्द्र दर्वाङ्गका प्रमुख लक्ष्मी पौदेलको संयोजकत्वमा जिल्ला पशु सेवा केन्द्र म्याग्दिको “क ” अन्तर्गत पर्ने मालिका छ दर्वाङ्ग ,पाँच देबिस्थानको थापाचौर र चार च्युरिबोत फुलबारीको गरि १२ वता मासु पसलहरुमा अनुगमन गरिएको छ !

अनुगमनबात सबै पसलहरुमा मुल्यसुची नरहेको र धेरै जसो पसलहरुले दर्ताबिनानै पसल संचालन गरेको भेताइएकाले छित्तै मुल्यसुची राख्न तथा दर्ता गर्न गर्न र दर्ता गरेकाहरुले समयमै नवीकरण गराउन समितिका अध्यक्ष हरिप्रसाद पुन मगरलाई दा: मानबहादुर पुनमगरले आदेश दिनुभयो छ ! मासुहरुको अनुगमनबात मासु स्वस्थर नै रहेको पशु चिकित्सक दा : पौडेलले बताउनुभएको छ !


पसलहरुलाइ ब्यबस्थित तथा सफा गरेर मात्र मासु बिक्रि बितरन गर्न दा: पुन मगरले निर्देशन दिनुभएको थियोे ! मासु व्यावसायि समितिका अध्यक्ष पुन मगरले ताकेता गर्दा पनि कसैले अतेरी गर्ने गरेको र कुनै भर्खर संचालन गरेकाकाले यसबारे आफुले तुरुन्तै छलफल गरि सबैलाई दर्ता प्रक्रियामा ल्याउने र समयमै नवीकरण गर्न पहल गरिने बताउनुभयको छ ! अनुगमनमा म्याग्दी उधोग बाणिज्य संघ म्याग्दी इकाई समिति दर्वाङ्गका कोसाध्यक्ष खद्क छन्त्याल ,इप्रका दर्वाङ्गका प्रमुख सई हिरा थापा मगर ,नबनिर्बाचित वदा नम्बर छका अध्यक्ष सन्तनाथ सुबेदी तथा उधोग बाणिज्य सङ्ग म्याग्दी ईकाइ संघ दर्वाङ्गका कर्मचारी योगराज रिजाल आदिको प्रतिनिधित्व रहेको थियो !

अनुगमनबात चारवटा मात्र उधोग बाणिज्यसंघमा दर्ता गरि पसल संचालन गरेको र अरु आठवता दर्ता बिनानै संचालन गरेको भेताइएको छ ! अनुगमन दर्वाङ्ग फ्रेस हाउस ,अधिकारी फ्रेस हाउस,गुप्ता फ्रेस हाउस तथा रोक्चन पोल्त्री फार्म एन्ड फ्रेस हाउस गरि १२ वता मासु पसलहरुमा छद्के अनुगमन गरिएको थियो !

Loading...